Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

दिप प्रज्वलन कार्यक्रम भव्यताका साथ सप्पन्न

कार्तिक ११,सुर्खेत।

 

सुर्खेती नगरीक समाज दुवारा आयोजित र्‍याली तथा दिप प्रज्वलन कार्यक्रम भव्यता का साथ सप्पन्न भएको छ। पूर्वराजा ज्ञानेन्द्र  दुवारा भाइटीकाको दिन दिइएको वक्तव्यको स्वागत र समर्थन गर्दै आयोजित भएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । पूर्वराजा ज्ञानेन्द्र वारा भाइटिकाको दिन “जनता र राष्ट्र कै निमित्त सन्क्रमित र अस्थिर अवस्थाबाट गुज्रिरएको राष्ट्रको दुराबस्था र जनतामा छाउदै गरेको निराशजनक अवस्थाबाट राष्ट्र लाई सकुशल सुरक्षित निकाश दिन र पुन नेर्तित्व लिन´´ तयार रहेको वक्तव्यको स्वगत गर्दै सुर्खेत स्तिथका राजाबादी युवाहरूले बिरेन्द्रनगर -६ मंगलघडी चोकबाट र्‍याली सहित बिरेन्द्रचोक स्थित पुगेर दिप प्रज्वलन कार्यक्रम गर्दै भव्य रुपमा सप्पन्न भएको थियो ।

बजार परिक्रमा गरेको र्‍याली मा “राजा आउ देश बचाउ´´,“हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ´´,“जनता जागौ राजा फर्काउ´´ जस्ता नारा हरु लागेका थिए ।कार्यक्रमको अगुवाइ पुर्व जिबिस सभापति वसन्त थापाले गर्नु भएको थियो भने कार्यक्रममा राप्रपा जिल्ला सचिव जनक शिह,सह-सचिव कमल जिसी,सदस्य प्रेम बिसी युवा नेता कबिराम पुरी ,राष्ट्रिय युवा मोर्चा का केन्द्रिय सदस्य दिपेन्द्र बुढा जिल्ला अध्यक्ष लोक ब रोकाय लगाएत को उपस्थिति मा सम्पन्न भएको थियो ।