Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

भाषण भन्दा काम गरेर देखाउछु : विसी

लोकतान्त्रिक गठबन्धनबाट दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाका लागि उमेद्वार बनेका नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण कुमार विसीले आफुले भाषण भन्दा काम गरेर देखाउने दाबी गर्नुभएको छ । नेपाली काँग्रेसको चुनाव प्रचारका क्रममा शनिवार गुराँस गाउँपालिका ३ मा गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दैलेखमा भएका विकास निर्माणका काम नेपाली काँग्रेसको नेतृत्वमा भएको बताउनुभयो । “दैलेखमा पाँचवटा क्याम्पसहरु नेपाली काँग्रेसकै पहलमा भएको हो, उहाले भन्नुभयो, रातानाङ्लादेखि धरमपोखरा, गुराँसेदेखि पातिकाल्ना काँग्रेसकै पहलमा सडक खुलेको हो ।” उहाँले पातीकाल्नामा यसअघि गाडिएका पोलहरुमा तार तान्ने काम छिट्टै शुरु हुने बताउनुभयो ।

उहाँले आफुले जिते विकासका लहर ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष भक्त बहादुर शाहीले देशको अस्तित्व बचाउन लोकतान्त्रिक शक्तीहरु एक हुन आवश्यक रहेको बताउनुभयो । यता, कम्युन्युष्ट गठबन्धनका उमेद्वारहरुले पनि आफुलाई जिताउन आग्रह गर्दै आफुहरुले जिते विकासको गती तिव्र हुने दाबी गरेका छन् ।

दैलेखका दुइवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाको लागि ६ जना सांसदहरु प्रत्यक्षमा जित्नेछन् । त्यसको लागि एक स्वतन्त्र सहित ३९ जना चुनावी मैदानमा होमिएका छन् ।