Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

पत्रकार पाण्डे सम्मानीत

सुर्खेत

मंगलगढि बहुउदेश्यीय सहकारी संस्था वीरेन्द्रनगर ९ लाटिकोईली सुर्खेतको ९ औँ वाार्षिक साधारणसभा सम्पन्न भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको कार्यक्रममा सहकारीका सचिव तेजप्रकाश जिसीले संचालक समितिको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव जिसीले सहकारीले आर्थिक वर्ष २०७३ ०७४ मा ४ लाख १५ हजार ३ सय २१ रुपैयाँ नाफा गरेको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७४ ०७५ का लागि कृषि समुह गठन गरी व्यावसायिक कृषितर्फ आकर्षित गर्ने, मौसमी, बेमौसमी, र पशुपालन सम्बन्धी तालीम संचालन गरेर शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने लगायतका कार्यक्रम प्रस्ताव गरिएको छ ।

साधारणसभामा सहकारीका कोषाध्यक्ष निलिमा थापा आलेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०७४ ०७५ का लागि आय तर्फ ८ करोड २८ लाख ४९ हजार ७४ र व्यय तर्फ ८ करोड २८ लाख ४८ हजार ७४ रुपैयाँ रकम प्रस्तावित गरिएको जानकारी दिनुभएको छ । सभामा राष्टिय सहकारी संघका संचालक पदम दाहालले विगतका दिनमा भन्दा अबका दिनमा सहकारीलाई व्यवस्थीत ढंगले संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । सभामा सहकारी संघका उदय बिसी, गणेशजल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमकुमा। बिसी, नवज्योती वचत तथा ऋण सहकारीका अध्यक्ष शुशिला थापा लगायतको उपस्थिती रहेको थियो । सभा सहकारीका अध्यक्ष प्रेमबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो । यस्तै समाचार मार्फत सहकारी क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै हिमालय टेलिभिजन सुर्खेतका संवाददाता रमेशकुमार पाण्डेलाई सम्मान गरिएको छ । जिल्लामा रहेर पत्रकारीबाट गरेको योगदानको मुल्यांकन गर्दै पाण्डेलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।