Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

प्रकाशको काजक्रिया नहुने, चितवनको श्रद्धाञ्जली सभा गर्ने

काठमाडौँ

आइतबार निधन भएका प्रकाश दाहालको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले  चितवनमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

newsabhiyan

मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्।

यसअघि नै भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले चुनावी सभा गर्ने तय भइसकेको थियो। सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम थियो।

तर अब त्यो सभालाई चुनावी सभाका अलावा श्रद्धाञ्जली सभामा परिणत गरिने भएको छ। सभामा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

सभामा दाहाल परिवारका अन्य सदस्यपनि उपस्थित हुनेछन्। तर प्रकाशको काजक्रिया भने नहुने भएको छ। ‘कम्युनिष्ट राजनीतिमा भएकाले दाहाल परिवारमा काजकिरिया गर्ने प्रचलन छैन’ स्व प्रकाशका निकट स्रोतले न्यूज अभियानलाई भन्यो, ‘सबै परिवार चुनावमा लागेकाले पनि काजक्रिया नहुने भयो।’प्रकाशको काजक्रिया के होला ?

आम जनतालाई चासोको विषय बनेको बेला यस्तो खबर आएको हो । तर मृत्युको अन्तिम दहासंस्कार भने हिन्दु परम्परा अनुसारनै गरिएको थियो ।