Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

दिएका वचन पूरा गर्छु ः खड्का

सुर्खेत, ४ मंसिर ।

प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले ७० सालमा काँग्रेसले संविधान जारी गर्नका लागि दिएको बचन पूरा गरेको बताएका छन् । २०७० सालको निर्वाचनमा संविधानको लागि दिएको वचन काँग्रेसकै नेतृत्वमा संविधान जारी भएर पूरा भएको बताउँदै उनले अबको निर्वाचनमा जनताले अफूलाइ विजयी गराएमा त्यसैगरी वचन पूरा गर्ने विश्वास व्यक्त गरे ।

आफ्नो चुनावी कार्यक्रमअन्तर्गत सोमबार सुर्खेतको बजेडीचौरस्थित देउलीमा भएकोे चुनावी सभालाइ सम्बोधन गर्दैै पूर्व गृहमन्त्री समेत रहेका खड्काले जनताकै विश्वासका कारण अघिल्लो निर्वाचनमा निर्वाचित भइक आफूले त्यो विश्वास टुट्न नदिएकोले अब पनि आफूलाई जनताले निर्वाचित् गर्नेमा विश्वस्त रहेको बताए ।

भैरहेका विकास निर्माणका कार्यहरु पूरा गर्दै जनताका आवश्यकता अनुसारका नयाँनयाँ विकासका कामहरु गर्दै जाने ख्काले बताए । यो निर्वाचनमा पनि आफू विजयी भएमा जनताका लागि अत्यावश्यक मानिएका सडक, सञ्चार, विद्युत, सिँचाइ, खाने पानीलगायतका विकास निर्मााणका कामहरुलाई प्राथमिकता दिँदै जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउन आफूले महत्वपूर्ण भूमिका खेल्ने समेत उनले विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस गाउँ कार्य समिति बजेडीचौरका सभापति अशोक केसीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।