सुर्खेतमा आगलागी ७० लाखको क्षति
सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडां.६ स्थित वीरेन्द्रचोकको स्याङ्जाली सु–सेन्टरमा भीषण आगलागी हुँदा सत्तरी लाख बराबरको क्षति भएको छ । चोकमा डिउटीमा रहेको प्रहरीले आगोको धुँवा पसलको सटरबाट निस्केको देखे पछि सवैलाई आगो नियन्त्रण लिनलाई प्रयास गरेको थियो । स्थानीयले साँझ ८ वीसबाट आगो नियन्त्रण लिने प्रयास गरेका थिए । नियन्त्रण नआए पछि दमकल बोलाइएको थियो । नौ बजे आगो नियन्त्रयण आएको नगर प्रहरी प्रमुख प्रनानी तेजबहादुर खड्काले बताए । आगो नियन्त्रण लिनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयलगाएतको सक्रियता रहेको थियो । पसलका सञ्चालक नुर आलम अलिले कसरी आगलागी भएको जानकारी नभएको बताए । अलिले भने, ‘सवा ६ बजे ती पसल बन्द गरि गएका हौ बाँकी के भो थाहा छैन ।’ प्रहरीले भने विद्युत सर्किटबाट आगलागी हुन सक्ने अनुमान गरेको छ । आगलागीबाट पसलका सवै सामान नष्ट भएको छ ।












