सच्चा ब्यक्ती छानी देश बचाउ : सर्तुङ्गे
गुल्मी
गुल्मी जिल्ला सङ्घीय समाजवादी फोरम नेपालले दुई युवा नेताको प्रतीनिधि सभामा उम्मेद्बारी दिएको छ , क्षेत्र न: १ बाट उमेर ३३ बर्षका दुर्गा बहादुर सर्तुङ्गे मगरले प्रतिनिधि सभामा उमेदवार दिनु भएको छ । भने क्षेत्र न: २ बाट उमेर २९ बर्षका कृष्ण बहादुर सर्तुङ्गे मगरले प्रतिनिधि सभामा उमेदवार दिनु भएको छ । समानुपातिक तर्फ ओमकली बगाले मगर र कमला बि. क. रहनु भएको छ ।
उहाँहरुले देशमा भइ रहेको अन्तरद्वन्द र जनताहरुको इच्छा अनुसारको समानुपातिक समाबेसि समृद्धि र सरकारी निकायहरुमा सम्पुर्ण जात जातिको जनसंख्याको आधारमा पुर्ण समानुपातिक समाबेशीको शुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै गुल्मी जिल्ला लाई भ्रष्टाचार मुक्त गर्ने । गुल्मी जिल्ला भित्रका युवाहरुका लागि स्वरोजगार क्रार्यक्रम सम्पन्न गर्ने । खोक्रो भासण गरेर जानताहरुलाइ बिकासको प्रलोभन बर्षौ देखी देखाउदै आएको मा अबको आवस्यकता मा युवाको खाँचो परेको बताउनु भयो ।
अब भष्ट्रचारी गर्दै प्रलोभन देखाउनेहरुको पछि नलाग्न जनताहरुलाई बताउनु भयो । जनताहरुको हितको लागि बिकासको आवश्यकता परेकोले थोरै बोलेर धेरै बिकास गर्ने हाम्रो बिचार हो । बहुजातीय ,बहुभाषिक भएता पनि सबै समानुपातिक र समानुबेसी हुनु पर्ने हाम्रो दाबी हो ।
आदिवासी जनजाति , दलित ,खस,शिल्पी र पिछडा बर्गहरुको एकता नै सङ्घीय समाजवादी फोरमको सिद्धान्त हो । अबको युग भन्नू नै युवाहरुको खाँचो जनताहरुको आवश्यकता परिपुर्ति गर्नु आजको आवश्यकता हो । सच्चा ब्याक्ती छानी देश बचाउ बिकासमा युवा नै अभियानमा जुत्नु आवश्यक छ ।






