Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

चाहनाको फूलबारी – गीता नेपाली

उसलाई दिन मन थिएन तर दियो मैले मोवाइल खोलँे । म भिडियोमा गएर भिजुअल हेर्दा मैले सेक्स भिडियो भेट्टाए । म हतारिएर मोबाइल बन्द गरेँ र रातो पिरो हुँदै.‘‘के राखेको मोबाइलमा यस्तो ?” भनेँ ।
उसले सजिलै भन्यो के छ र ? छि लौ तिम्रो मोवाइल मलाई चाहिएन भनँे उसको अगाडि राखि दिएँ । “अब मलाई मेरो मोवाइल देऊ ।”


‘‘धेरै न चम्किनु है म यसमा पनि राख्दिन्छु ।”
‘‘छि तिमी त बिग्रेको मान्छे ।”
‘‘यही बिग्रेको मान्छे काम लाग्ला जिन्दगीमा”
म मुख बटार्दै, “अँ खुब होला” भनेँ ।
म पानी खान बाहिर निस्कँदै गर्दा ढोका खसेर मेरो टाउकोमा पल्ला
खसेर म बेहोस भएँ ।
मैले आँखा खोल्दा कलेजको अफिसमा पो रहेछु । सुवासले मेरो खुट्टा आफ्नो खुट्टामा राखेर मेरो पैतला मसाज गर्दै—‘‘ठिक छ ? भन्यो ।” एकतारले हेरिरहयो । आफ्नोखुट्टा उसको खुट्टाबाट झिकेर म जुरुक्क उठँे । उ मात्र मसँग देख्दा म आत्तिएँ “म कसरी यहाँ ?”
उसले मलाई समात्दै “तिमीलाई केही भएको छैन” मेरो कुममा हात राख्यो ।
मैले हात फट्कारेँ ।
‘‘हेर गीतिका तिमीलाई ढोकाले टाउकोमा चोट लागेको छ । तिम्रो घरमा फोन गरेको लागेन । टेवुलतिर हेरेर ऊ जुरुक्क उठेर गिलासमा पानी ल्याएर आफ्नै हातले खुवाइ दियो मैले पनि खाएँ ।
‘‘अरु खै त” ‘‘सबै कलासमा पढ्दै छन् ।” ‘‘तिमी किन न पढेको ?” हाँसेर “म भोलि तिमीसँग पढ्छु ।”
म अलि गम्भीर भएर “तिम्रो जीवनमा पढाइ जति म जरुरी छैन सुवास ।” ऊसले मेरो हातमा हात राख्दै ‘‘पढाइ भन्दा पहिला म हुनु प¥यो, म हुनलाइ पढाई चाहिन्छ र ?” मैले उसलाई हेरि रहँे । “गाउँमा अरुनै छन् कि क्या हो ?” म हल्का मुस्काउँदै ‘‘तिम्रो छ र ?” ‘‘छैन मेरो त ?” अनि यतिकैमा निर्जन आयो कस्तो छ तिमीलाई अहिले ठिक हो भन्दै उ उठ्न थाल्यो एई किन उठ्न लागेको बस फेरि चक्कर लाग्छ ।
‘‘दिनभरि यहीँ बस्ने ?” ‘‘अहिले सरहरु आउनु हुन्छ अनि जाने ।”
निर्जनले मलाई हेरि रह्यो तर धेरै बोलेन र सुवास मिल्ने साथी भए पनि उनीहरु धेरै बोलेनन् । हामी सबै केही समय नबोलेर बसि रह्यौँ ।
सुवासले एक मुख बिगारेर कुनी के सोचि रह्यो अनि एकछिन पछि कोही त केही बोलन यार भनेर
हाँस्यो ।
बुवाले बिस्तारै ढोका खोल्नु भयो । नानी, म आफू बसेको ठाउँबाट जुरुक्क उभिए । म उठ्दासम्म बुवा मेरो नजिक आइ सक्नु भएको थियो ।
सुवासको काँधमा हात राख्दै ‘‘सहयोग गरेकोमा धेरै धन्यवाद, ल जाऊँ छोरी” सुवास ‘‘एकछिन बस्नुस् न सर आएपछि जानुहोला ।”
‘‘म त मिटिङ्मा छु यसो नास्ता खाँदा बाहिर जान्छु भनेर आएको । ल हामी गयौँ” भनेर मेरो वुवा र म ढोका बाहिर निस्कियौँ । सुवास पनि सँगै आयो । उसले मलाई हेरिरह्यो । मैले पनि फर्किँदै हेर्दै गरेँ ।
यस्तो लाग्यो मेरो जीवनमा दुख सुखमा साथ दिने यही मेरो जीवन साथी हो । गेटमा पुगेपछि बाइकमा चढ्न लाग्दा सुवास ब्याग बोकेर म तिर आइरहेको देखेर म हतारिएर बुवा कोट्यउँदै वुवा मेरो ब्याग सुवासले ल्याएर आउँदैछन् । मैले कुरा सक्ने बित्तिकै सुवास ब्यागको हात अगाडि बढाएर आँखाले संङकेत ग¥यो ।
मेरो हातमा ब्याग दिने बित्तिकै बुवाले बाइक कुदाउनु भयो सुवासले त्यही बसेर हेरिरह्यो ।
करिब करिब साँझको ५ बजिसकेको थियो । सदरमुकाम भए पनि मान्छेको हुल अलि घटेको थियो ।
मान्छे कोही यता आउने कोही उता जाने क्रम चलि नै रहेको थियो ।
साँझको खाना बुवाले पकाउनु भयो र खायाँै त्यस्तै गर्दा गर्दै हाम्रो परीक्षा नजिकै आइपुग्यो थाहा नै
भएन ।
हाम्रो कलेज विदा भयो । परीक्षाको लागि घरमा बसेर पढ्न भनेर किताब खोल्यो कि मलाई सुवासको याद आइहाल्ने । सुवासलाई फोन गरेर तपाईँले गर्न खोज्नु भएको नम्बर अहिले उपलब्ध हुन सकेन केही समय पछि पुन प्रयास गर्नुहोस् । ‘‘कहाँ गएको होला” भन्ने सोचले फोन काटँे । शिक्षा किताब खोलेर पढ्नै मन लागेन । फेरि फोन ट्राई गरेँ घण्टी गयो, खुसी लाग्यो फोन उठ्यो खुसीको सीमा नै रहेन ।
‘‘हेलो के छ ?”
उताबाट प्रश्न आइ हाल्यो,
किताब बन्द गर्दै मैले पनि ‘‘ठिकै छ, अनि आफ्नो ?”‘‘फाइन छु ।”
करिब डेढ घन्टा पछि फोनमा कुरा गरेपछि उसले भन्यो—‘‘तिमी अरुलाई त माया गर्दिनै नि ।”
‘‘तिमी जस्तो हो र ? ल राख राम्रोसँग पढ । ”
‘‘ओके ओके” भनेर फोन राख्यो साह्रै । खुसी लाग्यो । जब माया वस्छ् त्यसपछि संसार नै सुन्दर देखिँदो रहेछ । खै सुवासलाई मात्र भएको छ कि
छैन ।
बिहानको करिब ८ बजेतिर हलमा प्रवेश गरियो । सबै विद्यार्थी आफ्नो सिम्बल नम्बर हेर्ने यताउता गरि रहेका थिए । निकै भिड भाड थियो । म भने सुवासको खोजीमा घरी उता घरि यता गरि रहेको वेला पछाडिबाट टाउकोमा प्याट्र हानेर ‘‘कता हो के” भन्ने आवाज सुन्दा म हातारि दै फर्केँ । सुवासले मुस्कुराउँदै ? तिम्रो र मेरो एउटै कोठामा परेको छ ” उसले भन्यो । ‘‘हा ेर” भन्दै उसँग टाँसिन नजिक पुगेँ ।
खुप पढेकोे होला ‘‘मैले भने कति पढेको भन्ने कुरा अहिले सिकाउँदा थाहा हुन्छ ।” किन ?
‘‘कस्तो कुरा गरेको सिकाउन परेन एउटा पढेको छैन् ।” उ अलि ठुलो स्वरमा करायो ।
यस्तै कुरा गर्दै हामी परीक्षा हलमा गयौँ । परीक्षा पनि सकिएर सबैजना आफ्नो आफ्नो घरतर्फ लाग्यौँ । बिच विचमा उसको र मेरो कुरा त हुन्थ्यो तर थोरै गडबडी भएको अनुभूति मलाई हुन्थ्यो ।
त्यही दिन त्यही रात भए पनि समय कति फड्को मार्दाे रहेछ । उ पढ्न सिङ्गापुर जाने भयो म पनि बङ्लोर जाने भएँ ।
उसले अरु कोही छ कि भनेर वेला बेला शंका गथ्र्याे ।
केहि सम्मपछि उसले नम्बर चेन्ज ग¥यो । अनि म देखि टाढा भयो । समय वितेको थाहा नै भएन करिब २ वर्ष पछि । आज मलाई आफ्नो बनाउँछु भनेर मेरो घरमा माग्न घर देखि २ कोस टाढाबाट सम्बन्धको कुरा आयो ।
मैले सिधै अस्वीकार गरँे सुवासले मलाई विर्सिए पनि मेले भने विर्सिएकी थिइन बेला बेला उसको सपनाले उसलाई कुर्ने मन लाग्यो ।
मेरो समबन्ध कुरा मैले अस्वीकार गरेपछि सबै जना मेरै कुरा गर्दै थिए । म मेरो पहिलाकै कोठामा गएर सुतँे ।
रातिको करिब ११ः३० बजेतिर मेरो फोनको घन्टी बज्यो ।
फोनको घण्टी बजे पछि कतै सुवासको त होइन भनेर म हतारिएँ यस बेला पनि म हतारिँदै फोन उठाएँ र हलो, हल्का आवाज चिने जस्तो लाग्यो तर भनिन ।
‘‘को हो ?” उसको सरल जवाफ ‘‘सुवास हो ।’’ ‘‘मैले नचिने झै” गरेर “सरी म चिन्दिन भनेँ” “कस्तो नचिनेको हामीसँगै पढेको क्या,” पढ्न त धेरैसँग पढियो “म तिमीलाई माया गर्ने सुवास योगी,” “ए के कामले फोन ग¥र्यौ त ।” मेरो शब्द फरक थियो कति दिन पछि हाम्रो भेट भएको खुसीको त कुनै सीमा नै छैन, तर मैले नाटक भने गरिरहँे । उसलाई झम्टेर रुन मन थियो । किन माया मारेको भनेर माया भित्र गर्ने सानो झगडा हुने मन थियो तर सबै दवाएर बाहानाको कुरा गरँे ।
फोनमा उसले धेरै कुरा ग¥यो । मैले कोल्टे फेर्दै–“सबै जना सुति सकेका होलान्” भन्दा उसले हाँस्दै “छापाखानामा पत्रपत्रिका छाप्ने मान्छे कहाँ सुत्छन् उनीहरु सुतेपछि भोलि बिहान पत्रिका कहाँ पढ्न पाइन्छ त भन्यो ।”
म पनि सहमति हुँदै सुतेँ अब है भनि दिएँ । उसले आशंकित हुँदै यदि तिम्रो अरु छ भने म साइड लाग्छु । सिधा जवाफ दिएँ ।”
‘‘त्यसो भए म ढुक्क भएँ । अब त बिहे गर्ने पनि उमेर भयो ।” ‘‘यति चाँडै म त अझ केही सयम बिहे नगर्ने विचारमा छु । “समय भयो बिहे गर्नुपर्छ हो” तर मलाई त्यस्तो लाग्दैन हामी यस्तै कुरा गदैे थियौँ, उसले त्यो नम्बर मेरो होइन म तिमीलाई मेरो नम्बरदेखि कल गर्छु भनेर फोन राख्यो ।
खुसी लाग्यो तर विश्वास भने खै, किन किन हो लागेन । कस्तो मान्छे होला यस्तै सोच्दा सोच्दै म निदाएको थाहा नै भएन ।
बिहान उठेर आमाले मलाई उठाउँदै ‘‘म गाउँतिर जाँदै छु तँ खाना पका” भनेर जानु भयो ।
दिन कता कता रमाइलो लाग्यो हातमा मोवाइल लिएर हेर्दा नयाँ नम्बर बाट मिस कल आएको रहेछ ।
मैले हतारिँदै ब्याक कल गरँे एकदमै सेन्टीमेन्टल धुन बजिरहमा तिमीलाई माया गर्छु तिमीले माया नगरे पनि यस्तै एकतर्फी माया बगेको जस्तो ब्याकटोन बज्यो तर फोन उठेन ।
साँझमा मोबाइलमा खाना भयो भनेर मेसेज आयो । त्यो पनि फरक नम्बर थियो । त्यसपछि विस्तारै फोन सम्बन्ध हराउँदै गयो । म भने उसकै भरमा परिरहँे । घरमा म पढ्न जाने कुरा पक्का भयो । म सदरमुकामको बँैङकमा पैसा निकाल्नको लागि हिँडे ।
आमालाई घरधन्दा समाल्न ठिक्क थियो । बुबा अहिले काठमाडौँ हुनुहुन्छ । साँझ जसरी भएपनि घर फर्किनु पर्छ भनेर पहिलो गाडी मा नै म सदर मुकाम गएँ । सहरी परिवेश मान्छेको हुल । कोही आएका छन् कोही गएका छन् । धुलो धुवाँ गाडी मोटरको त्यतिकै, म पैसा निकालेर बसपार्क तिर लाग्दा गीतिका भन्ने आवाज मेरो बायाँतिरको सानो चिया पसलबाट आए जस्तो लाग्यो, तर म नरोकिएर हिँडिरहँे । एउटा सानो फुच्चे आएर “दिदी तपाईँलाइ ऊ त्यो अन्टीले बोलाउनु भएको छ ” भनेर गयो । म को रहेछ भनेर चिया पसलमा हेर्दा मैले नचिनेको मान्छे हात हल्लाउँदै ‘‘यहाँ आउ” भनेर संङकेत गरिरहेको थियो ।
म मोडिएर गएँ र कुर्सिमा बसेँ, “हजुर गीतिका होइन ?” भनेर सोध्नु भयो ।
‘‘किन ?”
‘‘तिम्रो बारेमा धेरै राम्रो सुनेकी थिएँ ।”
‘‘मैले त हजुरलाई चि …….” बिचमा कुरा काट्दै ‘‘तिमी मलाई चिन्दिनौ म तिमीलाई चिन्छु । म निर्जकी दिदी मुख बिगार्दै भने निर्जको निर्जन ?” सुवासलाई त चिन्यौ ?”
‘‘को सुवास योगी? ए दिदी नमस्कार । नमस्कार अनि मलाई कसरी चिन्नु भयो त ? ”
तिम्रो फोटो मेरो भाइसँग छ, कसरी मया माया गर्छ तिमीलाई निर्जनले त्यसैको जिद्दीले म तिमीलाई भेट्न आएको ।
‘‘तर उसले त कहिल्यै् …., बिचमा कुरा काट्दै ‘‘सुवासले फोन…….. उसको लगि आफ्नो लागि होइन ।
‘म छाँगाबाट खसे जस्तै भएँ ‘‘के…..” भन्ने आवजले दिदी झस्किनु भयो, तर पछि आफूलाई समाल्दै, अनि सुवासले मसँग नाटक ग¥यो, कसरी ? ऊ आफू कुरा गर्न सक्दैनथ्यो ? तिम्रो आवाज सुनेर यति रुन्थ्यो कुरा छाड । तिमीले सुवाससँग गरेको रेकर्ड २४ घण्टा बजाएर सुन्छ पागल भएको छ ।
जुन दिन तिमीलाई ११ बजे फोन आएको थियो त्यस दिन सुवाससँग निर्जन र म पनि सँगै थियौँ ।
मोबाइलको ठुलो आवाज बनाएर तिनै जनाले सुनेका थियौँ । निर्जन कै करमा सुवासले तिमीलाई फोन गरेको । त्यति बेला निर्जनले मोवाइलबाट तिमीलाई फोन गरेको थियो । अब त्यही रेकर्ड छ उसको लागि त्यही गीत बनेको छ । कति माया गर्छ कति तर भन्न सकदैन सुवासले तिमीलाई ‘‘निर्जनलाई चिन्याँै” भन्दा तिमीले नाइ भन्दा ऊ चकित भयो रातभरी तिम्रै बारेमा कुरा ग¥यो ।
कस्तो रहेछ यो चाहना पनि जसले मलाई चिन्दैन म उ यति धेरै माया गर्छ । किन माया लाग्छ है ।
चाहेर पनि म उसलाई भुल्न सक्दिन भन्दै भन्दा आँशु झ¥यो । आँशु पुछ्दै म कति अभागी रहँेछु कुरा गर्दा गर्दा ४ बजि सकेको रहेछ । उसले आफ्नो एनसेलबाट तिमीलाई मिस कल हान्थ्यो ।
मायामा सबै जाहेज हुँदो रहेछ । कति बुद्धिमानी छ गीतीका उसलोई सुवासले माया गर्छ । मलाई होइन सुवास निर्जनको काँधमा हात राख्दै तर म उलाई माया गर्दिन । उसले अन्तै रोजी सकेछ चाहानाको फुलबारी त्यो तेरो फुलवारी हो तँ माली होस् ।
मनको माली छँदै छु गीतीकालाई मेरो दिलबाट कसले झिक्न सक्छ र सुवास आशु पुच्दै मैले लामो स्वास
फेरेँ ।
म गर्छु तेरो लागि कुरा कसरी तँलाई माया गर्दिन विचमा कुरा काट्दै कस्तो कुरा नबुझेको दिदी माया त आफैँ हुँदो रहेछ ।
कसैको करकापमा होइन गीतिकाको के गल्ती उसलाई मन परे कुरै सक्यिो फेरि माया गर्छु भनेर कहाँ हुँदो रहेछ
र ?
म उसलाई जति बिर्सन्छु भने पनि सक्दिन । लामो स्वास लिँदै निधार छाम्दै लेखेपछि कसले मेटाउन सक्छ र !
यो संसारमा सबै चिज देखेको कहाँ पाइँदो रहेछ र कुनै चिज त नचाहे र पनि गुमाउनु पर्दाे रहेछ ।
मलाई त लाग्छ गीतिकाले सुवासलाई माया गर्छिन् सुवास हतारिँदै कसरी भनेर निर्जनको मुखमा हेर्दै
सोध्यो ?
‘‘उनी तँ सँग कुरा गर्दा मन लागएर कुरा गर्छिन् । मैले कति पटक भने यार मैले उसले माया गर्दैन भनेर ‘‘माया गर्न पनि अनुमति चाहिन्छ र मैले गीतिकालाई माया गर्छु भनेर भनेको छु र ।” सुवासले भन्यो
मलाई माया गर भन्छिन् गीतिकाले, त्यो त आफै हुन्छ ।
सहरै गए पनि यता उता गाडी मोटरको आवाज आउन थाल्यो ठाउँ ठाउँमा भजन गरेको आवाज सुनियो । अब विस्तारै सूर्यले धर्तीमा आफ्नो आगमन गराउँदै छ ।
“खै जान्छु म तिमीहरुको कुरा केही बुझिदिन ।”
सुवास हतारिँदै ‘‘दिदी एकछिन बस्नुन भनेर दायाँ हातले इसारा ग¥यो ?” “किन ?”
तपाईँले गीतिकालाई भेट्नुस्
न ?
गीतिकाले के भन्छिन् निर्जनको बारेमा सबै भन्नु ।
मैले चिनेकै छैन ।
निर्जनको मोबाइलमा गीतिकाको जति पनि फोटो छ । त्यही हेर्नुस्
जानु ।
गीतिकालाई थाहा छैन होला निर्जनले माया गर्छ भन्ने कुरा हैन निर्जन । खै थाहा भएन मलाई दिदी पिलिज जानु न क्या ओके हुन्छ, म समय मिलाएर जाउँला ।
तँ पर्सि जानु । हुन्छ । जाऊँ चिया खान भन्दै सबै उठेर बिहानको नास्ता खायौँ । म उनको कुरा एकोहोरो सुनि रहँे उनले चिया मगाइन, भैगो नखाऊँ मन छैन ।
गीतिका मेरो कुरा मात्र सुन्ने, आफ्नो नभन्ने ।
दिदी मलाई निर्जनले माया गरेको म त्यस्तै राम्रो छैन । तर सुवासले मसँग झुट बोलेकोमा एक दम नराम्रो लाग्यो र अर्काे कुरा म चाहेर पनि निर्जनलाई माया गर्न सक्दिन । दिदी एकोहोरो हुँदैन माया अनि चाहेर हुँदैन रहेछ ।
म चाहँदैन सुवासलाई माया गर्न, तर यो त्यस्तो हुँदैन ।
मायामा यसरी नै अन्धा हुँदा रहेछन् । दुनियाँको नजरमा खसेपनि माया सबै भन्दा माथि हुँदो रहेछ । जवरजस्ती मुस्काउँदै दिदीलाई हेरेँ मेरो माया चाहानाको फुलवारी भएर सजिएको छ । थाहा छैन
कति खेर मन मस्तिष्कमा बसेर राज गर्छ त्यो पनि हुँदैन ।
‘‘यसको मलतल सुवास मेरै हुनुपर्छ भनेको होइन । दिदी विचमा कुरा काट्दै” त्यसो भए तिमी सुवास विना बाँच्न सक्दिनौ ?”
हल्का लामो सास फेर्दै—“अहिले पनि त म बाँचि रहेको छु नि दिदी, सुवासलाई मेरो साथमा देख्नु भएको छ र ?”
बस जिन्दगी काट्ने र चलाउने क्रममा मन मिल्ने मित्र भयो भने यही जिन्दगीलाई अप्ठेरो मा परे पनि सहजै पारलाउन सकिन्छ भनेर मात्र हो ।
क्रमश अर्को साता ….