ह्दयघातका कारण सहायक मतदान अधिकृतको मृत्यु
कैलाली
कैलालीको निर्वाचन क्षेत्र नं ४ अन्तर्गत कालिका प्रा.वि. (ख) मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतको ह्दयघातका कारण मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बा पदमा कार्यरत २६ वर्षिया जगदिस प्रसाद उपाध्यायको मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा ह्दयघात भएको हो । बडिमालिका नगरपालिका ७ बाजुरा स्थायी निवासी उपाध्याय सामान किनमेल गर्ने क्रममा अचानक ढलेपछि उपचारका लागि सेती अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






