Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

इन्धनको मूल्य वृद्धि : मध्यरातदेखि लागु हुने

काठमाडौं : नेपाल आयल निगमले शुक्रबार मध्य रातिदेखि लागु हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि : मध्यरातदेखि लागु हुने

निगमको सञ्चालक समितिको बसेको बैठकले शुक्रबार राति पेट्रोलको मूल्य प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७७ र खाना पकाउने ग्याँसलाई प्रति सिलिण्डर एक हजार तीन सय ५० रुपैयाँ नयाँ मूल्य कायम गरिएको छ। यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर कायम गरिएको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार यसअघि पेट्रोलको मूल्यप्रति लिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७४ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय २५ रुपैयाँ कायम गरिएको थियो।

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको उनले बताए। मूल्य समायोजन नगर्दा पछिल्लो समयमा निगमलाई मासिक घाटा एक अर्ब ६ करोड मासिक घाटा हुँदै आएको थियो। मूल्य समायोजन भएपनि निगमले मासिक ४० करोड अझै घाटा व्यहोर्ने प्रवक्ता गोइतले जानकारी दिए।