सुर्खेत क्षेत्र नं. २ को मतगणना शुरु
सुर्खेत

सुर्खेत निर्वाचन क्षेत्र नं. २ को मत गणना अहिले ८ बजेदेखि शुरु भएको छ । चौकुनेको लेककोट र धनरास, पञ्चपुरीको धन्कोट र वरिेन्द्रनगर ७ को पदमालीला मतदान स्थलका मतपेटिकाहरु खोलिएका छन् । यहाँ नेपाली काँग्रेसका हृदयराम थानी र वाम गठबन्धनका नवराज रावतले प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।







