Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

पत्रकार बयकलाई मातृ शोक

दिलबहादुर खत्री
मंसिर २५, सुर्खेत ।

Image may contain: 1 person
सुर्खेतबाट स्काई न्यूज दैनिकका सम्पादक तथा पत्रकार आकाशतारा बयकलाई मातृ शोक परेको छ । भारतको हैदरावादमा उपचारको क्रममा शनिबार पत्रकार बयकी ममतामयी आमा धर्मादेवी बयकको स्वार्गारोहण भएको हो । सुर्खेतको चौकुने गाउँपालिका–८, गुटु निवासी ६५ वर्षीय समाजसेवी धर्मादेवी लामो समयदेखि फोक्सोको रोगबाट पीडित थिइन् । नेपालमा उपचार हुन नसकेपछि भारतको हैदरावादमा उपचारका क्रममा उनको निधन भएको हो । धर्मादेवीको असामयिक निधनले अनायाश बयक परिवारसँगै गुटुका स्थानीय बासीलाई ठूलो क्षति पुगेको परिवारजनले बताएका छन् । धर्मादेवी सेवानिवृत्त शिक्षक लक्ष्मीबहादुर बयक क्षेत्रीकी धर्मपत्नी हुन् । उनका ५ छोरा र दुई छोरी छन् ।