Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

फेसबुकबाट चिनजान गरी २१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

२७ मंसिर, काठमाडौं ।

फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठग्ने व्यक्ति पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् ।

उनले संखुवासभाको माकल गाउँपालिका–५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।

आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्कबिहीन भएका थिए ।

उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।