Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

चाहनाको फूलबारी – गीता नेपाली

म सुक्कसुक्क रुन थालँे ।
नरोउ बहिनी मैले सहयोग गर्छु त भनेकै छु नि । यस्तै सुखम दुखम गर्दै लखनउ पुगियो । साँच्चै आयो हस्पिटल छिटो सुवासलाई इमरजेन्सीमा नै राखे, दाजु र म पछि पछि गयौँ । तपाईँहरु यहीँ बस्नुस् भनेर सुवासलाई अर्काे कोठामा लिएर गए ।
म ढोका नजिकै बसेँ । चारैतिर हेरेँ कति ठुलो हस्पिटल हो जता ततै सिसैसिसा, विरामी कुर्ने जति सबै एकै ठाउँमा बस्दा रहेछन् । कोही आएका छन् त कोही गएका छन् । राम्रा पनि त्यहीँ छन्, नराम्रा पनि त्यहीँ छन् । कोही रन्कन्दै हिँड्छन् । जता हेर मान्छेको भिड तर चिनेको कोही छैन । एक जना जवान आएर तपार्इँको घर कहाँ हो । मधेशी नेपालीमा सोद्धै पान मुखमा हाल्यो । म केही बोलिन । ऊ नजिकै आएर चियरमा बस्यो । दाजु भित्रबाट हतारिँदै–‘‘नानु, अगाडि डाक्टर आउँदै छ ।”
“के भयो सोध” ‘‘हातमा पर्चा लिएर डाक्टरले सुवासको आफ्नो मान्छे को हुनुहुन्छ ?” ‘‘म” भनेर बसेको चिएर बाट उठेँ । समयमा पु¥याउनु भयो नत्र ५ मिनेट मात्र ढिला गरेको भए गाह्रो थियो ।
आउनुस् भनेर डाक्टर भित्र बोठामा गयो । आफू अगाडीको कुर्सीमा बस्दै हामीलाई नजिकैको चियरमा बस्न इसारा गर्दै—मलाई हदर्नै तपाईँ विरामीको को ?
म श्रीमती ।
“सुवासको टाउकोमा रगत जमेको छ । अप्रेसन गर्नुपर्छ ।” डाक्टरले भन्यो ।
‘‘ कति लाग्ला डाक्टर साब खर्च ?” “त्यही आइसी तिन÷चार लाख जति । म आत्तिएँ ।
“हुन्छ डाक्टर सुरु गर्नुस काम ।”
“पहिला पैसा जम्मा गर्नु प¥यो ।”
“डाक्टर साब हामीसँग पैसा कम छ । म फोन गरेर पैसाको व्यवस्था गर्छु ।”
“विरामीको अवस्था एकदमै गम्भीर छ । अहिले अप्रेसन नगरे….”
“नगरे के हुन्छ ? डाक्टरसाब ?”
“नगरे जे पनि हुन सक्छ ।”
मैले भने “हामी पैसा जसरी पनि मिलाउछौँ । तपाई विरामीलाई
हेर्नुस् ।”
“ओके । जल्दी करो ।”
“बहिनी तिमीसँग काति छन् ?” एम्बुलेन्सको ड्राइभरले सोधे ।
“म सँग १ लाख नेपाली ५० हजार भारु ।”
त्यो नेपाली पैसा भारु बनाएर ल्याउँछु । ब्यागसँगै लैजानुस् । २० हजार खर्चको लागि छुट्याएकी थिएँ । त्यसलाई पनि भारु बनाउनुस् ।
तिमी यहीँ बस्नु म भारु बनाएर
आउँछु ।
“हुन्छ दाजु तपाईँ छिटो आऊनु होला” म बसेँ । सुवासलाई अप्रेसनको लागि तयार पारेर राखेको छ । पैसा दिएपछि अप्रेसन सुरु हुन्छ ।
सबै हिन्दी बोल्छन् । आफूलाई त आउँदैन चुपचाप बसेको छु । ऊ गएको ४÷५ घन्टा भैसक्यो अझ आएन । यताउता गर्छु मन आतिएको छ ।
साँझ पर्नै लागि सक्यो त्यो दाजु अझ आएन । डाक्टर आएर सोध्यो । आपका भाइ कहाँ है पैसा मिला कि नहीँ ।
नाइ, दाजु अझ आउनु भएको छैन । रातिको ८ बजि सक्यो अझ आएन । डाक्टरले चार पाँच पटक सोधी सक्यो । ‘‘बहिनी तपाईँको बिरामीको होस् आएको छ तर बोन्न सक्नु हुन्न । त्यसको लागि २० हजार छोड्नुस् अब तपाइँको दाजु आउनु हुन आफ्नो श्रीमान्लाई लैजानुस् ।”
‘‘त्यसो नभन्नुस् डाक्टर साब । मसँग एक पैसा पनि छैन । एक पैसा छैन । “विना पैसा हस्पिटल आने मेनै काहा था । पैसा जल्दी जम्मा किजिए और आपका मरिज लेजाइए ।”
म उठेको ठाउँबाट बस्दै लामो श्वास तानेर अब के गरम् त्यतिका पैसा लिएर गएको मान्छे कहाँ गयो । “ए.. तुमने सुना नै ? पैसा निकालो जल्दसे जल्द और यहाँसे निकालो ।” अब मसँग एउटा सिक्रीर र मोबाइल छ यही लैजानुस्् । “मैने पैसा मागा है”, त्यसो भए म यही बेचेर पैसा ल्याउँछु । एउटा आउँछु भनेर गएको गयै भयो त पनि त्यसै गर्लिस ए गुड्डी यो सँगै सुुन पसलमा जा भन्यो ।
सुन पसल कहाँ छ ? ए सुन पसल यता छ भनेर एउटा सानो गल्ली भित्र पसेँ । चारै तिर अप्ठ्यारो, मन कता कता जिरिङ्ङ भयो । मेरो हात समात्दै पहिला मनको काम पछि सुनको काम भनेर नजिकैको बोरामा धकेली दियो । नाइँ मलाई छोडि दे भन्दा भन्दै मेरो दुबैहात समातेर जबरजस्ती गर्दा मेरो हात नजिकै एउटा ढुङ्गा टिप्न खोज्दा भुइँमा खस्यो । खुट्टाले त्यसको सेन्टरमा हानेर म ब्याग समातेर आफू अएको बाटोतिर दौडिएँ । शरीर पुरै कामेको थियो । पसिना पसिना भयो । नजिकै मोबाइल पसल देखेर उतैतिर लागँे । एक ठाउँमा उभिएर पसिना पुछँे । आफूलाई साह्रै नरमाइलो लग्यो भित्रदेखि रुन मन लाग्यो । यो मोबाइल बेच्छु । पसलमा गएर दाजु मोबाइल किन्नु हुन्छ ? म हिन्दी भाषा जान्दिन भनँे ‘‘तुम क्या भन्दै छौ ? मेरो मोवाइल १५ हजारमा किनेको कतिमा बिक्छ ।”
खै हेरम् ।
मोबाइल राम्रो सँग हेरेपछि”– १० हजार सम्म पर्ला । ‘‘तेति भएपनि हुन्छ ।” बस्नुस् न । “दाजु पानी पाइन्छ ?” “पाइन्छ ल लिनुस” पानी खाएँ एक दम चक्कर लाग्यो पैसा गन्दै के भयो गहभरि आँसु राख्दै आज खाना नखाएको २ दिन भयो । आँशु पुछँे, मैले अलि अगाडि खाएँ नत्र दिनसक्थे । लौ पसलमा गएर नास्ता खाऊ भनेर पैसा दियो । दाजु सुन पसल कता तिर छ हातले इसारा गर्दै तिम्रो पछाडि । ए भनेर सुन पसलमा गएँ । घाँटीबाट सिक्री बेचेर पुन हस्पिटल गएँ । सुवासलाई बाहिर म बसेको ठाउँमा एकजना बुढो मान्छेले आड्याएर उभिएको देखेँ । म हतारिँदै हिँडेर सुवासलाई समातेँ “बुवा धन्यवाद !” बिच भुइँमा पल्याएका थिए टिठ लागेर उठाएँ । डाक्टर आएर “ओ मेडम पैसा दिने होइन ।” अँ दिन्छु, सुवासले मलाई टुलुटुलु हे¥यो भोक लाग्यो होला, मलाई चिन्यो कि नाइँ, मेरो हात समात्यो खुसी लाग्यो ।
“भोक लाग्यो ?” कुनै प्रतिक्रिया जनाएन । उसको हातलाई सुम्सुमाए उताबाट तिन जना पुलिस हातमा डन्डा लिएर आए । उ त्यही केटी हो उसले आफ्नो भाषामा भन्यो । पुलिस सरासर आएर मलाई समात्यो “मैले के गल्ती गरेकी छु ।” “के गल्ती ? ठानामा गएपछि थाहा हुन्छ ।” “सुवास राम्रोसँग बस्न सक्दैन मलाई छोडि दिनुस् ।” सबैले मलाई नै हेरेका छन् । सुवास बसेको ठाउँबाट पल्टिएर भुइँमा लड्यो । मलाई जबरजस्ती पुलिसले लछार पछार पारेर लग्यो, मेरो मुखबाट एउटै आबाज आयो । सुवास सुवास मैले केही बिराएको छैन । जवरजस्ती गाडीमा बसालेर पुलिस ठाना लगियो । गाडीबाट झा¥यो । ठानामा लगेर एक झापड हान्दै “गुड्डुलाई हानेर तेरो पैसा दिँदैन भनेर भाग्ने ।”
“गुड्डुले मलाई हात पात गर्न खोज्दै थियो ।” मेरो कुरा नै नसुनी पुन अर्काे झापड हान्यो आँखाबाट पानी खस्न थाल्यो । “एउटा नारीले कसरी लोग्ने मान्छेलाई पिटेर भाग्न सक्छे । मारिदिनुस् मलाई मारिदिनुस् मलाई । पैसा दिन्छु भनेर हातको मोवाइल सिक्री बेचेर आएँ । तपाइँको देशको नियम यही हो सोझा साझा जनतालाई अनावश्यक दुख दिने । पाइन्टको गोजीबाट पैसा निकाल्दै तेरो पनि घरमा दिदी बहिनी होलान् कसैले इज्जतमा हात हाल्यो, भने…” “एइ अलिकति पनि मेरो बहिनीको बारेमा केही भनिस् भने…”, “कुरा सुन्न मान्दैनस आफ्नो बहिनीको । हामीले प्रत्यक्ष भोगेका छौँ ।” “ए यसलाई भित्र खोरमा राख्दे ।” मलाई जबरजस्ती थुनियो । “खै कस्तो जिन्दगीको बाध्यता हो । यो दुखी माथि नै सबैको खुट्टा तान्ने प्रवृति चलेको छ । विचित्र छ संसार । यो मरी लानु के पो छ र ? किन दुख दिन्छन् अरुलाई । ठाउँ मिल्छ किन यो धर्तीमा यस्ता मानवलाई ।”
“पापी मलाई छोडि दे” ढोकाको सरिया समातेर टाउको ठोकाउँदै “भगवान् अब म के गरौँ, सुवासको हाल के भयो होला ! रात बढ्दै गयो सुवास ढोकाको छेउँमा पल्टिरहेको होला । सबैले कूचेर हिड्छन् होला । ” मनले मान्दैन । “ए पापी मलाई छोडी दे” कराएँ कति पटक यस्तै गर्दै रोएँ ।
रातमा कोही सडकमा सुतेका छन् । कोही जेलको चिसो हावामा सुतेका, कति हस्पिटलको बेडमा मच्छरलाई टोकाउँदै सुतेका छन् । फोहोरको थुप्रोमा सुतेका छन् । कति महलमा सुतेका छन् । कोही झुपडीमा सुतेका छन् । बास जहाँ भएपनि सुत्न त सुतेकै छन् । बिजुलीले गर्दा दिन रात छुट्याउनै गाह्रो मानिस नसुत्ने भए थाहा नै हुने थिएन ।
सुनसान उज्याली रातमा दुख विसाइ रहेका सबै सुति सकेका छन् । कति बेर रुँदारुँदै भुसुक्कै निदाएछु थाहा भएन । बिहानी पख ढोका खोल्दै “म्याडम उठ्ने होइन ?” यताउता हेरँे– “बिन्ती छ मलाई छोडि दिनुस् बरु म हजुरको खुट्टा ढोग्न पनि तयार छु । मैले पैसा दिन्छु त भनेको छु ।” “फेरि पनि यस्तै गल्ती भयो भने राम्रो हुने छैन । छोड दे”
“धन्यवाद” हतारिएर बाहिर निस्कँे र सरासर हस्पिटल तिर लागँे । अर्काे देशमा आफूमाथि यति धेरै अन्याय परि रहेको छ, तर पनि कसलाई सुनाउनु । म जाँदा जहाँ पल्टेको थियो त्यो त्यहीँ पल्टेको रहेछ । डाको छोडेर रुन मन लाग्यो । हतारिँदै गएर उठाए काखमा राखेँ मुख हेरि रहेँ, बोलाउने कोसिस गरँे । सुवासले विस्तारै आँखा खोल्यो “आँशु पुछुँ है ?” “भोक लाग्यो ?” फेरि पनि केही प्रतिक्रिया जनाएन । उठाउन खोजेँ र एउटा खुट्टा लागेन उठन सकेन, “कति निर्दयी छ दैव पनि सुवासलाई अँगालोमा हाल्दै धित मरुन्जेल रोएँ ।”
“कहाँ जानु खुट्टा नभएको मान्छेलाई लिएर । केही खानलाई पैसा नै छैन् बिचली परेको छ । मान्छेको भिड छ, तर कोही नभएको जस्तो मरुभूमिमा प्यासी जस्तै रुमलिएर बाँची रहेका छौँ ।”
गोजीमा पैसा छैन घर जान पनि । घर पुगेपछि दिउँला भनेर सुवासलाई लतार्न कसिएँ दुबै हातले काखीमा समाते हिँडाउन खोजेँ । एकजना आमाले “के भयो ? उनी त हिड्न सकि रहेका छैनन् । तिमीले किन जबरजस्ती हिँडउदैछाँै” भनेर गई, तर मेरो कुरा सुनिन । आफ्नो काम पुन सुरु गरेँ । भोक प्यासले शरीर फताकफुतुक भयो । आँशु पुछ्दै कपाल माथितिर बनाउँदा कानमा हात गयो । कानको झुम्की झिकँे सुवासलाई एक ठाउमा अड्याए सुन पसलमा गएर दश हजारको पाँच हजार लिएर खानेकुरा र पानी लिएर आएँ ।
सुवासलाई पहिला पानी खुवाएँ अनि पाउरोटी खुवाइ दिएँ । बिचरा भोक मानेछ क्यार । आफूलाई खान राखेको पनि सबै खुवाइ दिएँ । सबै खायो अनि विस्तारै उठाएँ आफूमा अडेस लगाउँदै हिड्न सुर गरेँ । त्यो दुब्लो शरीर भएको मान्छे कहाँ पो सक्थ्यो । दुबै जना लडियो । म तल सुवास माथि हतारिँदै सुवासलाई साइडमा पल्टाएर म उठेँ । धुलो झारँे अनि उसलाई सकी नसिक उठाएँ ।
रिक्सा आयो त्यसैमा बसेर गाडीमा गएर बसेँ । सिट नै नपाउने विरामी भएर म कन्डक्टरले एउटाको सिट मिलायो । ऊ अडिएर बस्न नसक्ने भएकोले मेरा लागि मिलाई दियो । बिरामी साथी निको पारी घर लैजान्छु भनेको त आफ्नो सबै लुटाएर जाँदैछु, धन्य रेप भएन शरिर सम्म बचाएँ । साह्रै दुख पाइयो ।
गाडी नरोकिएर हिँड्यो । सुवासलाई हे¥यो चारैतिर हेर्छ । उसले सुन्छ कि नाइँ त्यो पनि थाहा छैन । दिमागले काम गर्छ या गर्दैन केही थाहा भएन । रुँदारुादै कराउँदा कराउँदै थाकेको शरीर सुवासलाई आफ्नो छातीमा राखेर म त निदाएँछु । गाडी रोकियो सबै नास्ता खान नजिकै होटलमा गए, आफूसँग पैसा भाडा पनि न पुग्ने हो कि । पानी भएपनि ल्याएर खुवाउँछु जस्तो लागेर सिटमा अड्याएर गाडीबाट झरेर पानी लिएर होटलमा पसेँ ।
एक जना आमा रुँदै बसेको ठाउँबाट उठिन् । मैले उनीलाई केही भनिन उनी सरासर बाटो काट्न थालिन् । “उताबाट गाडी आइ रहेछ आमा” नरोकिएर हिँडेको देख्दा म हतारिएर आमाको हात समातेर आपूmतिर
ताने ।
धन्य दुर्घटना भएन गाडी गयो ।
के गरेको आमा ?
आमाले मेरो हातलाई झट्काउँदै को हौ तिमी मलाई बचाउने, मैले हेरि
रहेँ ।
म बाँचेको के सार मेरो छोराको लागि मैले केही गर्नै सकिन ।
हुन त म तपाईँको कोही होइन, तर आफ्नो आमा जस्तो लाग्यो कहिले काहीँ दुखीलाई सहयोग भन्दा पनि मन हल्का हुन्छ ।
म पनि श्रीमान्को उपचार गर्न नसकेर घर जाँदै छु ।
‘‘किन उपचार नगरेको त ?” मैले सहजै– ‘‘पैसा छैन” भनेँ ।
“आमाले पैसा छ तर मेरो छोरालाई मृगौला दिने मान्छे कोही छैन ?”
‘‘आमा किन हरेस खानु हुन्छ । म दिन्छु तपार्इँको छोरालाई मृगौला तर यसको बदलामा मेरो पतिको उपचार गर्दिनु पर्छ ।”
‘‘तिमी मजाक नगर ।”
‘‘किन विश्वास लाग्दैन, मलाई अहिले पैसाको खाँचो छ तपाईँलाई छोराको लागि मृगौला, दिन्छु आमा ।”
“साँच्चै तिमीले जति माग्छौँ त्यति पैसा दिन्छु ।”
“छोरा कहाँ हुनुहुन्छ त ? लखनऊ हिँड म नै बेहोर्छु सबै हुन्छ ।”
“उता कता जान लागेकी ?”
“श्रीमान्लाई ल्याउन ।”
“ए हिँड म पनि जान्छु ।”
दुवै मुखा–मुख गर्दा गर्दैै गाडी हिँड्यो “आमा गईसक्यो, त्यो गाडीमा हुनुहुन्छ उहाँ ।”
“हे भगवान् अब के गर्ने” म दौडिएँ तर भेट्न सकिन ।
“आमा केही गर्नुस् ।” सुवास भनेर टाउकोमा हात राखेर मैले आँखा बेसरी दबाएँ । “तिमी चिन्ता नगर गाडी नम्बर थाहा छ ।” “नाइँ ।”
मोवाइल झिकेँ फोन लाग्दैन तिमी अगाडि हिँडिन् । म पनि उनको पछिपछि गएँ कहाँ गयो गाडी ?”
“आमा केही गर्नुस् न ?”
तिमी न आत्तिनु मैले फोन गरेर अगाडी यहाँबाट गएका गाडी रोक्न भनेकी छु । बरु यो अटोमा जाऊँ ।
म हतारिँदै अटोमा बसेँ । आमा छिटो आउनुहोस्– “अटो छिटो शीतल चोकमा लैजाऊ ।”
भने बमोजिम अटो रोडमा । शीतल चोकमा १२÷१३ वटा गाडी रहेछन् । म हतारिँदै सबै गाडी एक एक गरी हेरेँ कही भेटाएन । मुटुले ठाउँ छोडिसक्यो । “आमा सुवास कुनै गाडीमा छैन । अब के गर्ने, ? ऊ सिटमा बस्न पनि सक्दैन” म डाँको छोडेर रुन थालेँ ।
एक जना आएर “के भयो ?”
“मेरो श्रीमान्लाई गाडीले कहाँ लाग्यो ?”
“कहाँबाट आएको ?”
‘‘लखनउबाट । उहाँ विरामी हुनुहुन्छ । बिन्ती छ खोज्दिनुस् न ?” हात जोड्दै रुन थालेँ ।
“गाडी नम्बर थाहा छ ?”
“नाइँ ।”
“टिकट छ ?”
“नाइँ ।”
“अब कुन गाडी हो कुन । कसरी पत्ता लगाउने । एक छिन है…” आमा त्यहाँ नजिकैको प्रहरीसँग गएर कुरा गरिन् तर कुरा चाहिँ के हो बुझिएन ।
“आमा के भयो ?”
“तिमी चिन्ता नगर भोलि यताबाट गएका सबै गाडी फिर्ता हुन्छन् ।”
करिब करिब ४÷५ बजि सक्यो मलाई कतिखेर रात भएर बिहान होला जस्तो लाग्यो ।
के गरे होला आमाले मेरो हातमा समातेर जाऊ तिमी आराम गर ।
रोएर मेरो डाँको सुकी सकेको छ । बोल्न पनि आवाज आएन ।
नाइँको सङ्केत गरेर म थुचुक्क भुइँमा बसे । “हेर सबै ठिक हुन्छ ।” भोलि भेट भइ हाल्छनि ! बरु हिँड खाना खाऊँ !” “नाइ म खान्न । खान मन छैन बरु हजुर खानुस् ।”
“मैले खाइ सकेँ, थोरै खाउ ।”
“कसरी खाऊ आमा ! सुवास भोकै छ होला । जाडो लाग्यो होला ।”
“अब चिन्ता नगर, सुत । मलाई पनि थकाइ लागेको छ” भनेर आमा सुत्नु भयो । घडी हेरँे बल्ल २ बजेको छ । कुरा गर्दा गर्दा कहिले उज्यालो हुन्छ । कति प्यास लाग्यो होला भोक लाग्यो होला कहाँ गयो त्यो गाडी यो आमाको चक्करमा पर्नाले । भन्दै आमा तिर हेरेको आमा त भुसुक्क सुतेकी रहिछन् मलाई भने निद्रा नै आएन ।
सोच्दा सोच्दै कतिखेर निदाएछु थाहा भएन ।
क्रमश अर्को साता ….