सुर्खेतमा २ करोड लगानीको व्याडमिन्टन कर्बड हल बन्ने
सुर्खेत, पुस ५ ।
सुर्खेतमा राष्ट्रिय स्तरको व्याडमिन्टन कर्बड हल बन्ने भएको छ । जिल्ला व्याड्मिन्टन संघ सुर्खेतले जिल्ला खेलकुद विकास समितिको सहयोगमा कबर्ड हल बनाउन लागेको हो ।

जिल्ला खेलकुद विकास समितिले संघलाई ४ कट्ठा जग्गा उपलव्ध गराएपछि कबर्डहल बनाउन सहज भएको बताइएको छ । व्याडमिन्टन संघले सुर्खेतमा आधुनिक शैलीको ब्याडमिन्टन कर्वड हल बनाउने भन्दै २०७३ साल कार्तिक २५ गते देखि सप्ताहव्यापी मध्यपश्चिम धार्मिक महोत्सव सञ्चालन गरेको थियो ।
महोत्सववाट १ करोड ३० लाख रुपैयाँ संकलन भएको र त्यसमा थप रकम जुटाएर २ करोड लगानीको कबर्डहल बनाउने जिल्ला ब्याडमिन्टन संघले बताएको छ । जिल्लाको समग्र खेलकुद विकासका लागि बहुउद्धेश्सीय कबर्ड हल निर्माण गर्न जग्गा उपलव्ध गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए ।
‘ब्याड्मिन्टन संघले धार्मिक महोत्सववाट जुन रकम उठायो, त्यसलाई जिल्ला खेलकुद विकास समितिले ४ कट्ठा जग्गा उपलव्ध गराएर सहयोग ग¥यो’, समितिका अध्यक्ष गिरीले भने, ‘हामीले राखेपले दिएको अनुमती, मापदण्ड र सुर्खेतको रंगशाला निर्माणका लागि बनाएको गुरुयोजनालाई असर नपर्ने गरी जग्गा दिएका हौं ।’
नेपाल सरकारले अहिलेको अवस्थामा खेलकुदको विकासका लागि रंगशाला निर्माणको डीपिआर र गुरुयोजना बनाएकोमा त्यसलाई असर नपुग्ने गरी ब्याडमिन्टन कबर्ड हल निर्माण गर्न जग्गा उपलव्ध गराइएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जनक रावलले बताए ।
जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष चेत बहादुर अधिकारीले १ बर्ष अघि धार्मिक महोत्सव आयोजना गरेर उठेको रकममा नपुग रकम उठाएर सुर्खेतको खेलकुदमा टेवा पुग्ने हिसावले ४ वटा कोड सहितको आधुनिक कर्बडहल बनाउन लागिएको जानकारी दिए । उनले कबर्ड हलका लागि अथक प्रयास गरिएको र जिल्ला खेलकुद विकास समितिको सहयोगमा आँफुहरुको योजना पुरा हुने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी र ब्याडमिन्टनका उपाध्यक्ष अधिकारी विच जग्गा हस्तान्तरण भई १ बहुउद्धेश्सीय कर्बड हल निर्माण गर्ने सहमती भएको छ । जिल्ला खेलकुद विकास समितिले कबर्ड हलवाट उठेको रकमको १० प्रतिशत् रकम लिनेगरी जग्गा उपलब्ध गराएको जनाएको छ ।
साथै समितिलाई राष्ट्रिय र प्रदेश स्तरिय तथा अन्य प्रतियोगिता सञ्चालन गर्न आवश्यक परेको बेला निशुःल्क उपलव्ध हुनेगरी दुवै पक्ष वीच हस्ताक्षर भएको बताइएको छ । उपत्यका नगरविकास समिति मार्पmत भोगचलन गर्न पाउने गरी साढे ९ विगाह जग्गा नेपाल सरकारले जिल्ला खेलकुद विकास समितिलाई उपलव्ध गराएको छ ।






