चाहनाको फूलबारी – गीता नेपाली
आमाले–‘‘नानी, ए नानी” भनेको सुनेँ । उठ नानी भनेको सुने । म हतार हतार उठेँ ।
“जाऊँ अब सोध्न ।”
हुन्छ भनेर कोठाबाट हिँडेर चोकमा गयौँ प्रत्येक गाडीलाई सोधेर थाकियो तर पत्ता लगेन । एउटा ड्राइभरले खै को हो सिटमा पल्टेको थियो रुपैडिहामा निकालेर फाल्न खोज्दा पनि । हिँड्न नसक्ने रहेछ ।
म हतारिँदै दाइ जवान थियो ?

खै,
ए कान्छा रुपैडिहामा फल्ने खोजेको मान्छे कस्तो थियो ।
बुढो थियो ।
पछाडिको मान्छेले–“आफ्नो मान्छेको पनि ख्याल राख्न नसक्ने ।” म हतारिँदै गएँ । “कस्ता पागल हुनुहुन्छ । विरामीलाई छोडेर कहाँ गएको । कस्ता कस्ता मान्छे बस्छन् यार गाडीमा ।” सुवास सिटमा पल्टेको रहेछ । उठाएँ । आमा यही हो सुवास । सुम्सुम्याँदै उठाएर आफू सिटमा बसेर उसलाई काखमा लिएँ ।
कहाँ जान्छ यो गाडी, लखनऊ हामी पनि त्यहीँ जाने हो ।
साह्रै खुसी लाग्यो सुवासको गाला चुमे, फेरि छोएँ । त्यो मान्छेले धेरै गाली ग¥यो म केही बोलिन । सुवास मलाई टुलुटुलु हेरि रह्यो मैले उसलाई हेरि रहेँ । गाडी नरोकी चल्यो । ती आमाले भनिन्–“तिमीमा विश्वास गरौँ
त ?”
‘‘हामी गरिब कसै सित नाना साइनो जोड्न जान्दैनौँ यदि जोडियो भने तोड्न र जान्दैनौँ ।”
“तपाईँ विश्वस्त हुनुहोस् ।” सबै हामीलाई नै हेर्दै थिए ।
गाडी आफ्नै धुनमा थियो । आमाको मोबाइलमा फोनको घन्टी बज्यो । फोन उठाएर मैले छोरालाई लिएर आउँदै छु । तिमीहरु चिन्ता नगर भनेर फोन काट्नु भयो ।
मेरो मुहारमा हेरेर हँसिलो अनुहार लगाएर हाँस्नु भयो । म जबरजस्ती हाँस्न खोजँे कता कता नरमाइले लाग्यो तर देखाइन ।
सुवासको कपाल सुमसुम्याउँदे आमाले अब झर किन लखनऊ आएकै छैन ।
अब आफ्नै गाडीमा जाने । भनेर गाडी रोक्नु होस् भनेर बसेको ठाउँबाट उठिन् । म उठेर सुवासलाई उठाएँ अनि विस्तारै गाडीबाट ओर्लिर्याैँ । मान्छेको भिडमाथि भिङ । कोही आएका छन् कोही गएका छन् कसैले कसैलाई चिन्दैनन । आफ्नै धुनमा छन् ।
गाडी आयो गाडीबाट एक जना खाइलाग्दो अधबैँसे व्यक्ति टोपी मिलाउँदै हामी नजिक आएर माल्किनसाब नमस्कार ! भन्यो
नमस्कार त्यो भाइलाई गाडीमा लगेर राख । त्यो मान्छे । मालकिन मैलै जति भनेकी छु त्यति गर । जा भनेर सारीको चुना मिलाउँदै गाडी तर्फ गइन् ।
त्यो भिडभाडबाट सुवासलाई उठाएर गाडीमा राखियो । अगाडि ड्राइभर पछाडि सुवासलाई सपोर्ट गरेर म
बसँे ।
ठुला मान्छे कति अल्छी ड्राइभरले दुबै हात जोडेर नमस्कार ग¥यो तर उसले मुखले मात्र नमस्कार गद्री । सुवसलाई ठिक बनाउने पाए आनन्दसँग सास फेर्ने पाइन्थ्यो के के सोच्छ यो मन, भनेर सुवासलाई हेरेँ । यो मनमा खै किन हो अनेक कुरा खेलि रहन्छन् । हस्पिटल आयो गाडीबाट झर्नै नपाउँदै दुईजना पुरुष आएर कारको ढोका खोल्दै नमस्कार मुमा हजुर ।
नमस्कार यी यो भाइलाई एडमिड गर यो नानीलाई मृगौला चेकको लागि माथि दयासागर कहाँ लिएर जाऊ । म सुवोध कहाँ जान्छु तर मुमा उसको मृगौला मिलेपछि उसलाई एड्मि गर्ने हो ।
ओके उसलाई कोठा नम्बर ४ मा राखिए देउ । म गएँ भनेर बुढी कपाल मिलाउँदै हिँडी । ल हिडड्नुहोस । म सुवास लाई छोडेर आउँछु, भनेर गाडीबाट ओर्लिएँ, दुवै जनाले तपार्इँको सुवासको केही चिन्ता लिनु पर्दैन । सबै हामी हेर्छाै । तपाईँ चेकअपको लागि माथि मसँग आउनु होस् । भनेर अगाडि लाग्यो ।
ड्राइभर र अर्काे एक जनाले सुवासलाई समातेर भित्र लगे मलाई लल छिटो आउनुहोस् भनेर आवाज आयो । म पनि माथितिर लागेँ । तर मेरो आँखा सुवासतिर छ । कहाँ लैजान्छन् पाइलाहरु अगाडि सर्नै मान्दैनन् । तर म उसको लागि जानुपर्छ । त्यत्तिकैमा एक जना बुढोसँग ठोकिए सरी बुवा कहाँ छ ध्यान ?, अनि सरासर अगाडितिर लाग्दै आफूलाई सम्हालेँ । करिब करिब दिउँसोको १२÷१ बजि सकेको छ । हस्पिटलमा आउने जाने मान्छेको घुइँचो छ । कति खुसी छन् कति दुखी छन् । कोही कोही रोएको दर्दनाक आबाज निकालेको पनि सुनिन्छ । कसैका लागि रात पनि दिन छ कसैको लागि दिन पनि कहाली लाग्दो रात बनेको छ ।
डाक्टरले भित्र बेडमा सुताएर चेक ग¥यो मृगौलाको साइज आकार सबै मिल्छ साँझ तपाईको अपरेसन
हुन्छ ।
हवस् भनेर बेडबाट भरेर म कोठाबाट बाहिर निस्किँदै गर्दा बुढीले कहाँ जान लागेको भन्दै ढोका खोलिन् अल्मलाउँदै “सुवासलाई भेट्न ।”
“ल ल म पनि जान्छु” सबै सुवासलाई राखेको कोठामा जान तलतिर ओर्लियौँ । हस्पिटल भित्र २४ सै घण्टा मान्छेको ओहोरदोहोर सबलाई पन्छाउँदै ४ नम्बर कोठाभित्र जाँदा सुवासलाई बेडमा सुताएको रहेछ । म हातरिँदै गएर सुवासको टाउको सुम्सुम्याएँ । सबै जनाले वरिपरिबाट घेरेको देखेर नराम्रो लाग्यो तर केही भन्न मन
लागेन ।
मेरो नजिक आएर कुममा हात राख्दै तिमी भाग्यमानी रहिछ्यौ तिम्रो सुवासलाई हुँदैन । केही चिन्ता नलेउ यस हस्पिटलमा ? मेट्रोन मेरो जेठा छोरा हो ।
तिम्रो अपरेसन पश्चात सुवासलाई रेखदेख गर्ने मान्छे हामीले खोजि सकेका छौँ र तिम्रो ख्याल म गर्छु । ल जाऊ अहिले हतार छ । सुवासको अप्रेसनको तयारी गर म नानुलाई तयार पार्छु । भनेर कोठाबाट बाहिर निस्के पछि मलाई माथितिर लगियो ।
अर्काे कोठा कस्तो राम्रो सफा ठुलाबडा मान्छेको लागि त हस्पिटलमा पनि महल जस्तै हुँदो रहेछ ।
२ जना आएर अप्रेशन गर्दा लगाउने कपडा गाउन बेडमा सुताए । त्यसपछि ढाडमा एउटा सुई लगाइदियो । त्यसपछि मलाई थाह नै भएन । बिहान आँखा खोल्दा मेरो छेउमा एक जना पुरुष बसेको रहेछ । आँखा खोल्दा बिहान दिउँसो कुन समय हो । थाह नै भएन । मलाई छुट्याउन निकै गह्रो भयो । हातमा सलाइन छ । बेडमा रहेछु खुट्टा चलाउन खोजँे तर
सकिन ।
सबै ठाउँमा विस्तारै हेरेँ । मन शून्य छ । एक पटक आँखा बन्द गरेर पुुन खोल्यो ।
सुवासको आवाज मेरो कानमा गुन्जियो । म झस्किएँ । मेरो नजिक एक जना युवक मलाई नियालेर हेरि रहेको । ऊ पनि बेडमा रहेछ । मेरो हातमा हात राख्दै नानी केही खान्छ्यौँ ?”
नाइँ, सुवासलाई कस्तो छ ।
मेरो कपाल मिलाउँदै सुवासको चिन्ता नगर धन्य तिमी होसमा आयौ ।
“ऊ त्यो….तिमीले मृगौला दिएको मान्छे मेरो छोरा तिमीलाई नै हेरि ररिहेको छ । सुवोध… ।” हातले सिकाउँदै बसेको ठाउँबाट उठेर सुवोध कहाँ गएर सुम्सुम्याउन थालिन् ।
भित्र मन कता कता दुखे जस्तो भएर आमाको याद आयो ।
मेरो आमा भएपनि यसरी नै सुमसुम्याउँदै माया गर्थिन् होला । शरीरको कुनै अङ्ग चल्दैन । आमा भएको भए कति स्याहार गर्थिन् होला । कहाँ दुख्यो, कस्तो छ । के खान्छेस् । ती मिठा बचन र मायाको स्पर्श गरेका कोमल हातको याद मुटु भरि
बिझ्यो ।
“आधा जीवन बेचेर पराइलाई सहारा दिएर यो बिरानो सहरमा खै सुवासलाई ठिक हुन्छ कि हुँदैन ।”
छोरी पढाउने भनेर कठोर मनले पठाएको आमाको अवस्था कस्तो छ भनेर एक पटक पनि सोध्न सकिन ।
“गाउँमा के हल्ला छ । आमा कति आतिएकी होलिन् । अप्रेसन पश्चात् सिधै घर जानु पर्ला ।” म यस्तै कुरा सोच्दै थिएँ । हावामा हात राख्दै आज केही खान पाईदैन यी चिया खाउ, भनेर चियाको हात अगाडि पढाउँदै नजिकैको कुर्सीनिर बसिन् ।
नाइँ, खान मन छैन । भनेर मैले मन्टो हल्लएँ । दायाँ हातको चिया बायाँ हातमा राख्दै दायाँ र बायाँको आँखाबाट आँसु पुछ्दै किन रोएको के भयो घाउ दुख्यो, मुन्टो हल्लाएँ, अनि के भयो त ? आमाको याद आयो भनेर मनलाई थाम्न नसकेर आँखाबाट बर्साद खस्न थाल्यो ।
“म पनि तिम्रो आमा जस्तै हो ।” बुढी आमाले ढाढस हिँडै भनिन्
मलाई अप्रेसन थाहा छैन, एउटा सानो घाउ हात खुट्टा हुँदा त मेरो आमा रातभरि घाउमा औषधि लगाएर हजार पटक सोध्ने, मेरो आमालाई यस्तो हुँदासम्म भन्न सकेकी छैन ।
छोरी डाक्टर बनेर आउने आशामा बाटो कुरेर बसेकी होलिन, तर मेरो अवस्था लामो श्वास तानेर यस्तो छ । अन्टी,
सुवासलाई कस्तो छ ?
सुवासको पनि अप्रेसन भइसक्यो अघि भर्खर होस् आयो ।
२ जनालाई स्याहारको लागि बसालेकी छु । तिमी उसको केही चिन्ता नगर । सबै ठिक हुन्छ । म अहिले आउँछु । ऊ सुवोधले तिमीसँग बोल्छु भनेको छ भनेर बसेको ठाउँबाट उठेर
गइन् ।
बिस्तारै बेडबाट हात उठाएर “नमस्ते गीतिका जि” सुबोधतिर हेर्दै मैले नमस्ते फर्काएँ
‘‘ हजुरलाई मेरो नाम कसरी थाहा भयो ?”
कस्तो कुरा गर्नु भएको जसले मलाई नयाँ जीवन दिएको छ । जसको कारण आज यो सुन्दर संसारमा पुनर्जन्म पाएको छु उसैको नाम थाहा
नपाउने ?”
साँच्चै गीतिकाजी तपाइँ मलाई संसारमा सबै भन्दा ठुलो गुण लगाउनुभयो । म यो कर्ज कसरी तिर्न सकुँला… मैले भने बिचमा कुरा काट्दै,
‘‘त्यसो नभन्नुहोस् गुण त तपाईँले लगाउनु भएको छ । फेरि मेरो ठाउँमा हजुर भएको भए सायद म जस्तै गर्नु हुन्थ्यो होला ।” सुबोध अलि अड मानेर “गीतिका एउटा कुरा भनाँै ।”
“भन्नुहोस् न ।”
“यो संसारमा नि धनी मान्छे भन्दा गरिब व्यक्तिसँग विशाल मन र आनन्द हुन्छ । सबै हिरामोती रत्न सब कुछ हुन्छ ।”
हल्का मुस्कुराउँदै ‘‘कसरी”,
“किनकि उँनीहरु त्याग गर्न सक्छन् । तपाईँलाई थाहा छ गीतिका जि, मेरो बुवाको सात पुस्तालाई पुग्ने सम्पत्ति छ् तर मेरो अन्तिम अवस्था हुँदा पनि मलाई बचाउने सम्पत्ति छैन । मेरो मतलब मान्छे भन्दा ठुलो पैसा छ तर मन छैन । भने त्यो धन सम्पतिको केही काम छैन ।”
त्यसो नभन्नुहोस् । तपाईलाई के थाहा हजुरको बुवा आमाले हजुरको लागि के के गर्नु भएको छ भनेर । उसै पनि मैले हजुरलाई फ्रीमा मृगौला दिएको होइन किनेको हो ।
आफ्नो श्रीमान्लाई धेरै माया गर्नु हुँदो रहेछ ।
म मुस्कुराएँ सुवोधतिर हेर्दै । मुन्टो हल्लाएँ ।
मेरो गर्लफ्रेन त भेट्न पनि आएन सबै सुखका मित्र रहेछन् । दुखमा त एक्लै भइँदो रहेछ ।
काम परेर पनि नआउन सक्छ किन चिन्ता गरेको मैले बिचमा कुरा काट्दै भनेँ । तपाईँले लभ म्यारिज गरेको हो कि अरेन्ज म्यारीज ।
ढोकाबाट मुस्कुराउँदै, मेरो सबै थोक सुवास हो । ऊ बिना एक पल पनि बाँच्न सक्दिन, भन्दै कपाल मुसारेर सुवोधकी आमाले बेडमा बस्दै भनिन् लजाए झैँ मुस्काएँ, मेरो बेड बाट उठेर सुवोधको बेडमा जाँदै “सुवास तिमीलाई अहिले कस्तो छ ।” । सुवोध मन्टो हलाउँदै ठिक छ भन्छन् ।
आमा सुवासलाई कस्तो छ । अब आधा घण्टामा होस आउँछ ?
हतारिएर हँ अलि पछि हुँदैन ।
मुख बिगारेर किन ?
आमा होस् आउँदा आफ्नो खोज्यो भने को जान्छ ?
मैले २ जना पठाएकी छु त ?
“नाइँ आमा यो सब कुरा सुवासलाई नभन्नुहोला”
“किन, के कुरा”
“मैले किड्नी बेचेर अप्रेसन गरेको ।”
“मैले तिम्रो कुरा बुझिन ।”
डाक्टरः तपाइँको विरामीको होस् आयो । उहाँले आफ्नो मान्छेलाई खोजि रहनु भएको छ ।
हुन्छ म आएँ ।
त्यो त हामीलाई पनि थाह छ एकै पटक सबै जनाको अप्रेसन गाह्रो छ ।
सुवासको दिमागमा बलड जन्मेको रहेछ । पहिला त त्यसको अप्रेशन सानो गरेको छ । यो हाम्रो हस्पिटल हो, उस तिमीलाई केही चिन्ता लिनु पर्दैन ।
म पेटमा हात राख्दै–‘‘उसको, छेउमा मेरो नाम नलिनु होला है ।”
“किन ?”
उहाँसँग पहिला मेरो झगडा परेको थियो । उहाँले मेरो नाम लिएपछि मात्र मेरो कुरा गर्नु होला ।
“हुन्छ ।”
हुनत मलाई थाहा छ सुवासले मेरो नाम लिँदैन ।
“के भयो ?”
“हँ केही भएको छैन । मनका कुरा खेलाई राख्न मन लाग्यो ।”
कति रात वित्यो कति दिन बित्यो । अस्पतालमा मेरो लागि दिन पनि रातमा परिवर्तन हुँदै गयो । मेरो अप्रेसन ३ महिना भएपछि उठ्न बस्न सजिलो भयो । सुवोधलाई पनि म भन्दा धेरै सुधार भएको छ । सुवासले अब मान्छे चिन्न थालेको छ । बोल्न थालेको छ । संसार आफ्नै सुरमा चलेको छ । सबैका आ–आफ्नै कथा व्यथा छन् ।
सुवासको बेड बाट उठेर पारि झ्याल नजिकै उभिएर यता उता हेर्न मन लाग्यो ।
मेरो काँधमा हात प¥यो । मैले काँधमा भएको हातलाई समात्दै फर्किएँ । सुबोध तिमी ?
“अँ के छ ?”
“ठिक छ ।”
“सुवास खै त ?”
“भित्र ।”
“ए.. हो र” भन्दै हात झिक्यो, अनि नजिकै टाँसिन आएर मलाई तिमी दुबै जनाको सम्बन्धमा शङ्का लाग्छ । हतारिएर “कस्तो शङ्का” म सुवोधको मुख तिर फर्किएँ । सुवास कपाल कन्याउँदै “तिमीहरुको व्यवहार श्रीमान् श्रीमतीको जस्तो छैन् ।”
“तिमीलाई त्यस्तो लागेको हो ।”
सुवासले गीतिका गीतिका भनेर आवाज ग¥यो । म जान्छु ।
म पनि आमा मैले सजिलै मन्टो हलाउँदै हुन्छ भनेर भित्र पसेँ ।
सुवास उठ्नको लागि छट्पटाइ रहेको रहेछ ।
के भयो ?
ट्वाइलेट जानु थियो ।
ए…ल ल हिंड, भनेर म बेडमा गएर उसको गर्धनमा बायाँ हात राखँे दायाँ हात समातेर बिस्तारै बेड मा अडेस लगाएर बस्यो । दुबै हातको सहराले अडिँदै “त्यस्तो जिन्दगी भन्दा त नभएकै राम्रो मर्न पाए नि हुन्थ्यो ।”
सुवासको मुखमा चार आँैलाले बन्द गर्दै “चुप ! के भएको छ र ? तिमीलाई, विस्तारै ठिक भइहाल्छ नि ।”
“तिमी गएपछि मेरो हालत कस्तो होला ?” सुवास बोल्यो ।
“कस्तो कुरा गरेको ? तिमीलाई म यस्तो हालतमा छोडेर जान सक्छु । साथी भनेकै दुखसुखमा साथ दिनको लागि त हो । तिमी त्यस्तो कुरामा चिन्ता नलिनु क्या !”
“…नाइँ गीतिका…”
विचमा कुरा काट्दै
“अब चुप लाग । विस्तारै तल झर ।”
सुवोध अडिएको ख्याल नै थिएन । म मन नलागी नलागी मुस्कुराएँ । बिस्तारै सुबासलाई भुइँमा झारेर दायाँ हातलाई आफ्नो कुममा राखेँ । एउटा हातले पुरै शरीर अँगालो हालेर विस्तारै अगाडि बढ्दै गयौँ ।
सुवोध मजासँग हेरि राख्यो ।
सुवासको ढाडमा नसा च्यापिएकोले अप्रेसन छिट्टै गर्नु पर्छ ।
त्यसपछि सुबासलाई ट्वाइलेट लिएर गएँ । मेरो न कोही आफ्न्ती छ न पैसा छ कसरी हुन्छ ।
म क्यात (छु नि) सुवास मुसुक्क हाँस्दै मेरो मुखमा हे¥यो । ट्वाइलेटको ढोका नजिकै गएर अब विस्तारै भित्र जाउ भनेर भित्तामा अड्ेस लगाएँ । र आफु बाहिर उभिई रहेँ ।
सुवास विस्तारै ढोका खोल्दै मलाई हेर्छ, के गरौँ । के भयो, मन्टो हलाउँदै यताउता बिस्तारै खुट्टालाई ढोकामा राख्छ । सुवास लड्न थाल्दछ । म हतारिँदै गएर सुवासको हात र शरिर पुरै आफ्नो जिउमा ल्याएर विस्तारै अड्याएर राखेँ ।
क्रमश अर्को साता ….









