Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

प्रहरीको गोली लागि कोलीकोटमा म्यादीको मृत्यु

कालीकोट, ७ पौष ।

 जिल्ला प्रहरी कार्यालय कालीकोटको गेटमै प्रहरीले चलाएको गोली लागेर शुक्रबार कालीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । शान्नित्रिवेणी गाउँपालिका वडा नं. ४ का विवेक ऐडिको प्रहरीको गोली लागी मत्यु भएको हो । म्यादी प्रहरीले आफुले पाउने तलव र अन्य सुविधा कम भएको भन्दै आन्दोलन गरेपछि प्रहरीसंँग झडप भएको थियो । म्यादी प्रहरीको आनदोलनलाई दवाउन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरी म्यादी प्रहरीको भीडलाई तितरवितर पार्ने प्रयास गरे पनि म्यादीको भीडले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरेपछि गोली चलाएको म्यादी प्रहरीले आरोप लगाएका छन् । प्रहरीले चलाएको गोली म्यादी प्रहरी विवेक ऐडिको टाउकोमा लागेपछि उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए । गोली लागेका विवेकलाई आधा घण्टासम्म प्रहरीले उपचारका लागि पहल समेत गरेन ।

उनलाई पत्रकार, नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पु¥याइएको थियो । अस्पताल पुग्दा निजको मृत्यु भइसकेको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता वापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए । दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमूख सुवास चन्द बोहराले भने प्रहरीले गोली नचलाएको दावी गरेका छन् ।

घटना पछि जिल्ला प्रशासन कायालय कालीकोटमा संक्षिप्त प्र्रतिक्रिया दिँदै  प्रहरीले गोली नचलाएको दावी गरे । ‘प्रहरीले गोली चलाएको छैन’ उनले भने, ‘अहिलेसम्म पनि गोली चलाउने आदेश दिएको छैन ।’ उनले ढुङ्गामुढा प्रहार गर्दा ढुङ्गा लागेको हुनसक्ने बताए ।उनले शुक्रबार बिहान म्यादी प्रहरीलाई विदाई कार्यक्रम गरी सबै सेवा सुविधाका बारेमा जानकारी गराएर फर्किएको भन्दै उनले म्यादीले भनेजस्तो कुनै पनि रकम नकाटिएको  बताए । कसैको उक्साहटमा म्यादी प्रहरी आन्दोलित भएको र दुखद घटना भएको उनको भनाई छ ।