Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

वीरेन्द्रनगर बजारमा साँझपख चोरी

सुर्खेत
वीरेन्द्रनगर बजारमा सम्साँझै चोरी भएको छ । वीरेन्द्रनगर ६ स्थित बिजय कार्कीको घरमा साँझ साढे छ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर ६ बस्ने वर्ष २३ का हेमन्त नेपालीलाई चोरी गर्दै गर्दा पक्राउ गरी प्रहरीलाई जिम्मा लगाइएको वीरेन्द्रनगर नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए । नेपालीको साथबाट पाँच थान विभिन्न कम्पनीका मोवाइल सेटहरु लगायत सुनका टप प्रहरीले बरामत गरेको छ । उनले भने, ‘केही दिन यता वीरेन्द्रनगरमा चोरीका घटनाहरु बढिरहेका छन् । घर, मोवाइल पसल, मेडिकल तथा स–साना घुम्ती पसलहरुमा पछिल्लो समय चोरी बढिरहेको छ । प्रायः चोरीका घटनाहरुमा भर्खरका युवाहरुको संलग्नता रहेको छ ।’ चोरीबाट बच्न आम नागरिक तथा सर्वसाधारणहरुलाई सावधानी अपनाउन समेत प्रहरी निरीक्षक खड्काले आग्रह गरेँ ।