सरसफाइ सम्बन्धि सुर्खेत घोषणा पत्र विमोचित
सुर्खेत १० पौष ।
खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दिगोपनाका लागि तयार गरिएको सुर्खेत घोषणा पत्रको विमोचन गरिएको छ । क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतले उक्त घोषणा पत्रको विमोचन क्षेत्रीय प्रशासक सुरेश प्रधानले गरेका थिए । सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा विमोचित उक्त ३० बुँदे घोषणा पत्र २०७३ फागुन १३ गते विभिन्न सरोकारवालाहरुको उपस्थितिमा तयार गरेको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतले जनाएको छ ।
२०७४ असार मसान्तसम्म सम्पन्न भएको थियो । हालसम्म नेपालका ४४ वटा जिल्ला खुला दिसा मुक्त घोषणा भइसकेका छन् भने मध्यपश्चिमाञ्चलमा १३ जिल्ला खुला दिसा मुक्त घोषणा भइसकेका छन् भने मुगु घोषणा हुने अन्तिम तयारीमा रहेको छ भने बाँकेमा ९३ प्रतिशत तयारी पूरा भइसकेको जनाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले भने, ‘खानेपानी तथा सरसफाइको क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमन समिति नै गठन गरी अनुगमन गर्नुपर्ने र जिल्लामा रहेका सबै स्थानका सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउनु पर्र्ने र विद्यार्थीहरुलाई समेत सचेतनामुलक कार्यक्रम लागु गरी कार्यक्रमलाई दीर्घकालिन रुपमा लैजानु पर्ने बताए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सरसफाइ लगायत उनीहरुका अभिभावकहरु समेतमा त्यसको प्रभाव पर्न सक्ने खालको कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रम क्षेत्रीय प्रशासक सुरेश प्रधानको अध्यक्षतामा भएको थियो । क्षेत्रीय प्रशासक प्रधानले भने, ‘सुर्खेत प्रयाप्त खानेपानी सरसफाइको लागि सम्भावना भएको क्षेत्र भएकोले सबै तह र तप्काले सहयोग गरेर लागेको खण्डमा यसले सफलता पाउने बताए । उनले भने सरसफाइको लागि मुख्य गरेर विद्यार्थीहरुलाई नै अग्रसर बनाई उनीहरु मार्फत अझ धेरै सचेतनाको काम गर्न सकिन्छ ।
कार्यक्रममा विभिन्न गैससका प्रमुख एवम् प्रतिनिधिहरु लगायत क्षेत्रीय तथा जिल्ला सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






