Loading... आजः २१ आश्विन २०८३, बुधबार । Wednesday 7th October 2026

अर्पण शर्मा सुर्खेत आउँदै

सुर्खेत ।

स्मरण शक्ति अभिवृद्धि सम्बन्धी २ दिने तालिममा प्रशिक्षकको रुपमा अर्पण शर्मा सुर्खेत आउँदै हुनुहुन्छ । अल इन वान मिडिया एण्ड आइ टी सेन्टरले आयोजना गर्न लागेको तालिममा प्रशिक्षकको रुपमा उहाँ सुर्खेत आउन लाग्नु भएको आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । तालिम यही पोष १४ र १५ गते तालिम संचालन हुने छ ।


तालिममा प्रशिक्षण दिन संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका, गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व अर्पण शर्मा (ममोरी किङ्ग) सुर्खेत आउँन लागेकोमा उहाँबाट प्रशिक्षण लिई आफ्नो व्यक्तित्वको विकास गर्न आयोजनकले सबैलाई अनुरोध समेत गरेको छ ।

तालिममा स्मरण शक्तिलाई १० गुण बढाउनका साथै शब्द, वाक्य, अनुच्छेद जस्ताको तस्तै याद गर्न तथा पुरै किताब जस्तोको त्यस्तै पेज नम्बर याद गर्ने अद्भुत तरिका सिकाईने अल ईन वान मिडिया एण्ड आईटी सेन्टरका प्रवन्धक निर्देशक रामबहादुर शाहीले जानकारी दिए । यस्तै तालिम संचालनका लागि ५ लाख बराबरको लागत लाग्ने उनले बताइएको छ भने उक्त खर्च टिकट बिक्रीबाट उठ्ने आशा समेत आयोजकले गरेको छ । १० कक्षा भन्दा मुनीका विद्यार्थीको लागि १ हजारको टिकट दर छ भने अन्यका लागि १ हजार ५ सयको टिकटको मूल्य तोकिएको छ ।