Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

गाउँपालिका महासंघको अध्यक्षमा केसी

सुर्खेत
गाउँपालिका महासंघ प्रदेश नं. ६ को संयोजकमा सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्रकुमार केसी चयन भएका छन । ६ नम्वर प्रदेशका १० जिल्लाका ५४ वटा गाउँपालिका ७६ जना निर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सुर्खेतमा भएको २ दिने भेलाबाट केसीको संयोजकत्वमा १४ सदस्यीय गाउँपालिका महासंघ प्रदेशस्तरीय समन्वय समितिको गठन समेत गरिएको हो ।

Image may contain: 1 person, sitting and indoor

जसको सह–संयोजकमा कुमाख गाउँपालिका सल्यानका अध्यक्ष दिलमाया बुढामगर चयन भएकी छिन ।  यस्तै सदस्यहरुमा त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मानबहादुर डाँगी ,तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतन योगी, पचलझरणा गाउँपालिका जुम्लाका अध्यक्ष खड्कराज सेजुवाल, बारेकोट गाउँपालिका जाजरकोटका अध्यक्ष महेन्द्र बहादुर शाह, महावु गाउँपालिका दैलेखका अध्यक्ष जंगबहादुर शाही, गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वली, कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष भीमबहादुर सेन, चंखेली गाउँपालिका हुम्लाका अध्यक्ष धनलाल चौलागाई, जुनिचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आर्चाय, सोरु गाउँपालिका मुगुका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम, हिमा गाउँपालिका जुम्लाका उपाध्यक्ष हिमाली रोकाय (बुढा) र कनकासुन्दरी गाउँपालिका जुम्लाका उर्मिला भण्डारी रहेका छन ।

यस्तै स्थानीय सरकारका समन्धमा संघ र प्रदेशको कानुनले गर्नुपर्ने व्यबस्थाका लागी सबै कानुनी पुर्वाधार यथासिग्रतयार गर्न आह्रवान सहित अन्तर सरकारी राजस्व र स्रोतहरुको बाँडफाडमा स्थानी जनप्रतिनिधिको सहभागीता ग्यारेन्टी हुनुपर्ने माग सहितको प्रस्ताव तयार गरिएको संयोजक केसीले जाकारी दिए ।