Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

पशुपालनमा आधुनिकीकरण गर्छु : शाही

सुर्खेत

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका धु्रबकुमार शाहीले पशुपालनामा आधुनिकीकरण गर्ने बताएका छन् । निर्वाचित भएपछि सुर्खेतमा पहिलो पटक पत्रकारहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

साथै शाहीले राष्ट्रिय गौरवको आयोजना भेरी ववई ड्राईभर्सन सुर्खेतको हितमा नभएको बताए । उनले भने, ‘डिपिआर नभएर कार्यान्वयन भएको आयोजनाबाट सुर्खेतवासीले कुनैपनि लाभ लिन सक्दैनन् । जिल्लाको विकासका लागि आयोजनाको डिपिआरमा स्वास्थ्य , शिक्षा , खानेपानी र रोजगारलाई समेट्नुपर्ने बताए । उनले यो आयोजनावाट विद्युत लाईन राष्ट्रिय प्रशारण लाईनमा जोड्ने, सिचाई प्रदेश नं ५ को बाँके, बर्दियामा जाने भएकाले सुर्खेत जिल्लाका लागि कुनैपनि लाभ नहुनेमा जोड दिए । यो आयोजनाको डिपिआरमानै पुर्नविचार गरिनुपर्ने समेत उनले बताए ।

यस्तै क्षेत्र नं १ को विकासका लागि आफुले सक्दो भुमिका निर्वाह गर्ने समेत बताए । क्षेत्र नं १ का ५४ वडाहरुमा विद्युत सेवा उपलव्ध गराउन विषेश पहल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका संसद शाहीले रोजगारीका लागी उद्योग ,कलकारखाना खोल्ने सम्भावना तत्काल नभएपनि कृषि प्रणाली लाई आधुनिकिकरण गरेर अघि बढ्न लागि पर्ने बताए । ६ नं प्रदेशको राजधानि वीरेन्द्रनगर भएकाले सुर्खेतका सडक संजाललाई कालो पत्रे गर्नुपर्ने र डिपिआर समेत तयार भैसकेको अन्तराष्ट्रिय विमानस्थल निमार्णका लागी पहल गर्ने जानकारी दिए ।