‘काल्म’को ‘के सुन्छस्’ बजारमा :भिडियो सहित
१७ पौष, सुर्खेत ।
सुर्खेती नव ¥यापर रिषी आचार्य ‘काल्म’को नयाँ ¥यापगित बजारमा आएको छ । ‘सिक बडि’ नामको युट्यूव एकाउन्ट मार्फत ‘के सुन्छन्’ गित शनिवार बजारमा ल्याइएको हो । गितको शब्द तथा भिडियोको कन्सेप्ट ¥यापर काल्मको आफ्नै रहेको छ । लोमन मल्ल द्वारा निर्देशित भिडियोमा बलभद्र पौडेल क्यामेरामा रहेको ¥यापर आचार्यले बताए । रचनात्मक शैली बोक्दै सुर्खेती युवाः सहयोगको आवश्यकता सुर्खेतमा केही वर्ष यता कला क्षेत्रमा अग्रसर भएका युवाहरुको समुह बढ्दो क्रममा रहेको छ ।

गित संगितको क्षेत्र, लेखन क्षेत्र तथा विभिन्न कला क्षेत्रमा युवाहरुको सक्रिय रुपमा लिगिपरेका छन् । नव प्रतिभाशाली रचनात्मक सुर्खेती युवाहरुलाई समाजद्धारा सहयोगको खाँचो रहेको मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले बताए । उनले भने, ‘स्थानीय निकायहरुले कला, साहित्यको क्षेत्रमा बजेट बिनियोजन गर्दा कन्जुसाइँ गर्ने, बिनियोजित गरेको बजेटलाई रकमानान्तर गरी अन्य शिर्षकमा खर्च गर्ने, पहुँचको आधारमा आफ्नाहरुको हातमा बजेट पु¥याउने कार्यले गर्दा कला क्षेत्रले सुर्खेतमा सोचेजति फड्को मार्न नसकेको हो ।
भौतिक विकासलाई मात्र विकास सम्झनेहरुले गर्दा कला क्षेत्रको संरक्षण र सम्द्र्धधनमा युवाहरु जुट्न नसकेका हुन् । त्यसको लागि सरोकारवाला निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’ विकास तर्फ उन्मुख सुर्खेतमा युवाहरुको रचनात्मक शैलीमा अग्रसरताले सुर्खेतलाई सकारात्मक परिवर्तन गराउँने विज्ञहरुको धारणा रहेको छ ।
https://www.youtube.com/watch?v=VFlVLUi9EoE&sns=fb






