घरेलु मदिरा नष्ट
सुर्खेत ।
सुर्खेत जिल्ला प्रहरीले स्थानीयस्तरमा बरामद गरेको मदिरा नष्ट गरेको छ । स्थानीयस्तरमा उत्पादन गर्ने मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने भाँडादेखि मदिरा राखिएका ग्यालेन (जर्किन), प्लाष्टिकका बोतल, डेक्ची लगायतका भाँडामा मदिरासमेत बरामद गरेको थियो । बुधबार र बिहीबार गरेर नियन्त्रणमा लिएको १ हजार लिटर मदिरा खाल्डोमा खन्याएर नष्ट गरेको हो ।








