Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

मोटरसाईकलको ठक्करबाट सिम्तामा १ महिलाको मृत्यु

  सुर्खेत

सुर्खेतको सिम्ता गाउँपालीका वडा नम्बर ६ राकममा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट सिम्ता गाउँपालीका वडा ६ राकम निवासि ४९ वर्षिया जयभद्रा शाहीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बादेपिपल राकमले जानकारी दिएको छ ।

जामुने वजार देखि सल्यान सल्लीवजारतर्फ आउँदै गरेको भे ६ प ७७७५ नं को मोटरसाईको ठक्कर बाट शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक बन्गाड कुपिण्डे नगरपालीका १ सल्लीवजार निवासि कमल वि.सी. र यज्ञ घर्तिमगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।