Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

गुराँसमा आधारभुत पत्रकारिता तालिम शुरु

दैलेख, २४ पुष

दैलेखको गुराँस गाउँपालिकामा आजदेखि एकसाताको पत्रकारिता तालिम शुरु भएको छ । गुराँस गाउँपालिकाको समन्वयमा गुराँस आवाज साप्ताहिक पत्रिकाको आयोजनामा एकहप्तासम्म तालिम संचालन भएको हो । तालिमको उद्घाटन समारोहमा बोल्दै गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा कुमारी विसीले पत्रकारिता क्षेत्र राज्यको चौथो अंग भनिएपनि विकास तथा समस्या समाधानमा अग्रनि भुमीका निर्वाह गरेको बताउनुभयो ।  उहाले पत्रकारिताकै माध्यायमबाट समस्या समाधान गर्दै विकास निर्माणको गतीलाई अगाडी लैजाने बताउनुभयो ।

उहाले गुराँस गाउँपालिकासहित दैलेख जिल्लामै रहेको छाउपडी प्रथा तथा अन्य समाजिक समस्या निराकरणको लागि पत्रकारिता क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभयो ।
उहाले भन्नुभयो ‘गुराँस गाउँपालिका सहित जिल्लाभर छाउपडी प्रथा, बालबिबाह, जातिय छुवाछुत लगायतका समस्या न्युनिकरण गर्न चाहान्छौ ।’ उहाले थप्न्भयो ‘मैले भनेजस्तो समस्या काँहा–काँहा छन् त्यसको बारेमा जानकारी मिडिया लिन सक्छन् भने हामी त्यही अनुसार काम गर्न तयार छौ ।’ उहाले पत्रकारितासँगै नागरिकहरुलाई सुचनाको पहुँचमा ल्याउन पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाले विकासका लागि संचार माध्यायमको महत्वपुर्ण भुमीका हुने भन्दै समाचारमा सत्यता ल्याउन पत्रकारहरुलाई आग्रह गर्नभयो ।

यस्तै, कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका कार्यकारी अधिकृत भक्त बहादुर मल्लले विकासका लागी पत्रकारिता क्षेत्र कम्मर कसेर लाग्न सुझाव दिनुभयो । उहाले पत्रकारिता क्षेत्रले नै विकासमा खवरदारी गर्ने भन्दै सधै सत्य समाचारको माध्यामबाट समाजलाई सु–स्चित गर्न सक्नुपर्ने बताउनुभयो । उहाले केहि पत्रकारहरुले झ्ठा समाचार लेखेर पत्रकारिता क्षेत्रलाई अविश्वास बनाएको भन्दै समाचार लेख्दा सकरात्मक कुराहरु लेख्नुपर्ने आग्रह गर्नुभयो । आफु कार्यकारी अधिकृतको हैसियतले पत्रकारिता क्षेत्रको विकासको लागी सक्दो सहयोग गर्ने बताउनुभयो । उद्घाटन समारोहमा बोल्दै प्रशिक्षक तथा जागरण एफ.एम सुर्खेतका स्टेसन मेनेजर दीपेनद्र ओलीले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने जो कोहिले पनि रहरमात्र नभएर पेशाको रुपमा लिन आग्रह गर्नुभयो ।  उहाले पत्रकारिता क्षेत्र समाज विकासको एउटा महोत्वपूर्ण अंग भएको भन्दै सक्रिय भएर काम गर्न आग्रह गनर््भयो ।

तालिमको उद्घाटन समारोहको अध्यक्षता गुराँस आवाज साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक धनसिंह खड्काले गर्नुभएको थियो भने सहजिकरण पत्रिकाका प्रकाशक टेकराज केसीले गर्नुभएको थियो । तालिममा गुराँस गाउँपालिकाका सबै वडाका १६ जनाको सहभागिता रहेको छ ।