Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

डा. केसी फेरि अनसनमा

पुस २४, २०७४ –

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले चौधौं चरणको सत्याग्रह सुरु गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा. केसीले अनशन सुरु गर्नुभएको हो । डा. केसीले राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरी अनशन सुरु गर्नुभएको हो ।

केसीले राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन सुरु गर्नुभएको हो । शर्मालाई कानून विपरीत बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्चले पुनर्बहाली गर्न हिजो आदेश दिएको थियो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले चारवर्षे पदावधि सकिन चार दिनअघि हिजो शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी, प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनशन बस्नु भएको हो ।

अनसन सुरु गर्नुपूर्व डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’विगत केही महिनादेखि सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको दुर्भाग्यपूर्ण अवस्था सबैका सामु छर्लंग छ । त्यसले भ्रष्टहरुलाई उन्मुक्ति दिएर पुरस्कृत गर्ने मात्र नभई देशलाई पचासौं अर्ब राजस्व घाटा बनाएर कंगाल बनाउनमा भुमिका खेलिरहेको छ । यसले आम नागरिकको दोहन गरेर सीमित भ्रष्ट र अपराधीहरु मात्रै धनी हुँदै गइरहेको तथा न्यायालय लगायत राज्यका सबै अंगहरु तिनको कब्जामा गइरहेको अवस्था छ ।’ न्यायालयलाई राजनीतिक दलका नेताहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएको केसीको आरोप लगाउनुभयो ।

चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको दुई महिना बितिसक्दा पनि चिकित्सा शिक्षा आयोग गठन हुन नसकेको भन्दै उहाँले तत्काल आयोग गठन गर्न सरकार समक्ष माग गर्नुभयो । आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति गनुपर्ने डा. केसीको भनाई थियो ।