Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

माघे संक्रान्ति मेला शुरु

सुर्खेत २७ पौष ।
वीरेन्द्रनगरमा माघे संक्रान्ति मेला २०७४ बिहीबारबाट शुरु भएको छ । मेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद वसन्त घर्ती मगरले एक विशेष कार्यक्रमका वीच गर्नुभएको हो । वीरेन्द्रनगरको खेलकुद रंगशालामा मेला शुरु भएको छ ।

मेलामा धुनषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, एकल नृत्य प्रतियोगिताका साथै राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम सहित स्थानीयस्तरको सोरठी, ख्याली, साजैजो, कौडा, ठाडोभाका लगायतका प्रस्तुति समेत क्रमशः प्रस्तुत रहने आयोजकले जनाएको छ । मगर समुदायको विषेश चाड माघे संक्रान्तिको अवसरमा मेलाको आयोजना गरिएको हो । नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशीमगरको अध्यक्षतामा भएको थियो भने मगर जातिसँग सम्बन्धित विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तीन दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित मगर र थारु परिकारका स्टलहरु राखिएका छन् ।