फुटबल संघको अध्यक्षमा रावल निर्वाचित
सुर्खेत, पौष २९ ।
सुर्खेत जिल्ला फुटबलको अध्यक्षमा जनक रावल निर्वाचित भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको संघको पांचौ जिल्ला अधिवेशनबाट जनक रावल सर्वसम्मत चयन भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि खेलकुद बिकास समितीका अध्यक्ष चन्द्र कुमार गिरीले हरेक खेल क्षेत्र जस्तै फुटबल क्षेत्रमा पनि नयां आयाम थपिदै गईरहेको हुदा अबका दिनहरुमा जिल्लाले पनि परियोजना भित्र्याएर यस क्षेत्रको बिकासका लागी लाग्नु पर्नैमा जोड दिए ।
‘अवको संघिय संरचनामा सुर्खेतमा खेलकुदको व्यवसायिक विकास हुन जरुरी छ’ अध्यक्ष गिरीले भने, ‘फुटवलको पनि पश्चिम नेपालकै विकास यहाँवाट हुनेछ ।’
बिशेष अतिथिका रुपमा बोल्दै एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठौरले फुटबलको क्षेत्रमा फिफा अन्तर्गत र एनफामार्फत ४५ वटा जिल्लामा ग्रासरुट परियोजना शुरु गर्र्ने बताए । यस परियोजना अन्तर्गत फुटबलको क्षेत्र विकास हुने केन्द्रिय सदस्य राठौरले विश्वास व्यक्त गरे ।

सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष्ँ गोवर्धन खड्को सभापतित्वमा सम्पन्न अधिवेशनमा, जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रभात थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यसै गरी अधिवेशनमा बिशेष अतिथि निवर्तमान अध्यक्ष दीपक कुमार राई अतिथि, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघ केन्द्रिय सदस्य भुवन थापा, उसु संघ सुर्खेतका अध्यक्ष हरि थापा, प्रशिक्षण विभाग प्रमुख राखेपका रामबहादुर वली, नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानु अधिकारी, रेफ्री संघ सुर्खैतका अध्यक्ष्ँ चन्द्र प्रकाश शाही लगाएतको उपस्थित रहेको थियो ।
चुनावी साधारण सभाले रावलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती गठन समेत गरेको छ । नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष प्रभात थापा, उपाध्यक्ष्मा प्रमोद हमाल, सदस्यहरुमा गोवर्धन खड्का, रमेश तुलाधर, गणेशकुमार कार्की, मिलन श्रेष्ठ, गोपाल खड्का, कर्ण चन्द, कृष्णबहादुर खड्का, महेन्द्र चौधरी, र महिला सदस्यमा जानकी तारुङ्ग सर्वसम्मत चयन भएका छन् ।






