रेडक्रस उपशाखा सालकोटकोसाधारण सभा सम्पन्न
सुर्खेत
नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोटको चौथो बार्षिक साधारणसभा उपशाखा सालकोटका सभापति तिलकराम अधिकारीको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका मन्त्री प्रदिप्त पौडेलको प्रमुख आतिथ्यता साथै पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा तथा बराहताल गाउँ पालिकाका प्रमुख एबं नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य तेज बहादुर बस्नेतको बिशेश आतिथ्यतामा भब्यरुपमा सम्पन्न भयो।
कार्यक्रमको संचालन नवीन कुमार थापाले गरेका थिय भने स्वागत मन्तव्य डिल्लिराम निउरेले गर्नुभयको थियो।सभाले गत आबको आर्थिक तथा प्रगति प्रतिबेदन अनि आगामी बर्षको बार्षिक योजना समेत पारित गरेको थियो। जेष्ठ नागरिक, समाजसेबी एबं रेडक्रसका आजिबन सदस्य डिलबहादुर राष्कोटिलाई दोसल्ला ओढाएर सम्मान समेत गरियो।






