Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

लेखनदेखि अभिनयसम्म बिश्कर्मा

सुर्खेत, माघ ।
माया प्रेमबाट अछुतो सायद कमै होलान यो दुनियामा । सबै क्षेत्रमा माया प्रेमको नै बढी प्रयोग भएको पाईन्छ । दिनमा हुने गरेका दैनिक क्रियालाप देखि सबै ठाउमा मायाको नै प्रयोग भएको पाईन्छ ।

माया भन्ने चिज त्यस्तो चिज हो जस्ले नछोएको र जस्लाई नछुने प्राय कमै पाईन्छन् । मानव जीवनमा भए गरेका क्रियाकलापहरुमा पनि माया नै झल्किन्छ । माया शब्द यती प्यारो छ रुदा आँशुको साथी बनिदिन्छ, हासो हासो अनि सुत्दा सपनी त ब्युझिदा सम्झना मात्र ।

माया कतिबेला सुरु हुन्छ र कहा गएर समाप्त हुन्छ थाहै हुदैन । राम्रो फुल सबैलाई मन पर्छ र टिप्न सबैले खोज्छन् । कुरा यती मात्र होकी कोही सफल हुन्छन त केही असफल हुन्छन् । मन परेको मान्छे साथ मै हुदा खुशीको जीवन विताउने र नपाउदा दुखी हुने भावनामा डुव्ने गीतसंगीतमा रमाउने भन्दा अर्को विकल्प हुदैन ।

दैलेखको गमौडी गाउ विकास समिती वडा नं. २ छुवालामा सामान्य परिवारमा जन्मिएर सञ्चार क्षेत्रलाई कर्मथलो बनाएर काम गर्दै आउनुभएका गोविन्द विश्वकर्माले अहिले गीत संगीत यात्रा सुरुवात गरेका छन् । सञ्चार क्षेत्रमा काम गर्दै गर्दा गीतलाई माया गर्ने मुटुको पिडा बुझेर पिडालाई शब्दमार्फत संगीतको मालाका उईनिएर श्रोतामाझ पस्कन सफल बनेका छन् ।
आफ्नो मन परेको मायालु अंगालोमा हुदाको आनन्दता र  छुटिदाको पलको पिडा व्यथालाई समेट्दै विश्वकर्मा अहिले सबैको प्यारो बनका छन् । सानै उमेरदेखि लोकगीत क्षेत्रमा रुची राख्ने विश्वकर्मा गाउघरमा हुने रत्यौली, मेलापर्वमा दोहोरी गाउने पनि गर्थे । गीतसंगीतमै रुची भएकाले उनि सञ्चार क्षेत्रमा पनि काम गर्ने निर्णय गरेका थिए । सानै देखिको रुची गीत संगीत गाउने, शब्द रचना गर्ने भएकाले आज आएर सफल भएका छन् ।अहिले बिश्वकर्मा धेरै गितहरू बजारमा अाईसकेका छन् ।
१. सपनिमा तिमिसंगै हुने गर्छु म ।

वीपनीमा नभए पनि सपनीमा मन परेको मायालुसंग सहयात्रा गर्न पाउदा पनि साचिक्कै वीपनीमा हो जस्तो लाग्छ । सपनाको महलमा मायालु जोडी छुट्टै संसार अनि रमाईला पलहरु दुख हुदैन कहिल्यै । वीपनीमा तिमी मेरो नभए पनि सपनीमा तिमी म संगै हुन्छ्यौ साथमै हुन्छ्यौ खै सपनी पनि के देखिन्छ कुन्नी सम्हाल्नै नसकिने र व्यूझिदा रुन भन्दा अर्को पाटो भेटिदैन ।
सपनीमा मायालुसंग रमाउदाको पल बेग्लै हुन्छ । विपनीमा साथमा हुन नपाए पनि सपनीमा मायालुसंगै रहेर रमाउन पाउदा मन निकै खुशी हुन्छ । मायालुको घरमा गएर मायाको भिक मागेर पनि उनलाई पाउने आशा छ । देराली झर्दा उकाली ओराली गर्दा जता जादा पनि मायालुको याद नै साथमा रहन्छ ।
मध्यरातको १२ बजे म तिम्रो घरको आगनमा छु, तिमी मेरो छेउमा अनिमैले तिम्रो हात समाउदै मायाको भिख मागेको छु तिमीले पनि लजाएरै स्वीकार गर्न सकेको कहा छौ र ? तिमीलाई धेरै पहिलाबाट नै चाहेको हो तर मेरो भाग्य नै खोटो छ कहा तिमीलाई पाउन सक्छु र ? हो म तिमीलाई माया गर्ने मान्छे हो तिमीलाई पाउनको लागी के के गरेन मैले ।
महावु फिल्मसकाे प्रस्तुतिमा निर्माण भएकाे म्यूजिक भिडियाेमा गणेश हमाल र अनिता थापामगरकाे अभिनय रहेकाे छ । यस गितकाे लय सृजना चर्चित ब्यक्तित्व तेजेन्द्र बिवशले गरेका हुन् भने स्वर धर्मेन्द्र शाहि र टीका पुनकाे रहेकाे छ ।
२. सितल दिने पिपल छाँयाले ( दशैं) 
प्रदेशमा रहेर नेपाली युवा/युवतीहरूले भाेगेका दुखहरू समेटेर तयार गरिएकाे दशैं विशेष काेशेली २०७४ काे दशैंमा बजारमा अाएकाे हाे । हर्क बहादुर सुनार र टीका पुनकाे स्वर, अलिफ खानकाे लय तथा गाेविन्द बिश्वकर्माकाे शब्दमा सलिना म्यूजिक प्रा.लीले बजार ब्यबस्थापन गरेकाे छ ।
क्रियाटिभ मिडिया एण्ड रिसर्च सेन्टरले दृश्य निर्माण गरेकाे यश म्यूजिक भिडियाेमा पत्रकार दिपेन्द्र वली र निसा चपाईकाे अभिनय रहेकाे छ ।छ
 
३. बिना अर्थ तिमले मलाई
शब्द लेखन संगसंगै बिश्वकर्माकाे यात्रा अभिनय तिर पनि अघि बढेकाे छ ।

साेम लामाकाे अाधुनिक गितिसंग्रह बिना अर्थ तिमले मलाई सम्झिएकाे भुल भा छ, काे म्यूजिक भिडियाेमा बिश्वकर्माले अभिनय गरेका छन् । साथै, बिक्रम बर्मा र अप्सरा बिष्टले पनि अभिनय गरेका छन् ।

अागामि दिनमा पनि उनले यसरी लेखन, गायन तथा अभिनय यात्रालाई जारी राख्ने जनाएका छन् । यस्तै, बिश्वकर्माका अाधा दर्जन गितहरू बजारमा अाउने तयारीमा छन् ।

१. ढल्क्याे जवानी
स्वर : हर्क बहादुर सुनार र ज्याेति गाेर्खाली
लय : अलिफ खान
शब्द गाेविन्द बिश्वकर्मा
२. ए दुर्गा भवानी ( दशैं)
स्वर : धर्मेन्द्र शाही र टीका पुन
शब्द : गाेविन्द बिश्वकर्मा
लय : कमल क्षेत्री/गाेविन्द बिश्वकर्मा