राष्ट्रिय सभा निर्वाचन : ६ नं. प्रदेशमा शतप्रतिशत मत खस्यो
माघ २४ सुर्खेत
राष्ट्रिय सभाको निर्वाचन आज (बुधबार) देशभर सम्पन्न भएको छ । प्रदेश नं. २ मा मतदान नभएपंिन अन्य प्रदेशहरुमा भने तोकिएकै समयमा शुरु भएको मतदान सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा शतप्रतिशत मत खसेको छ । प्रदेश नं. ६ का ७९ स्थानीयतहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका ४० जना सांसदहरुले मतदान गरेका छन् । विहान १० बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।
प्रदेश ६ बाट ८ जना निर्वाचित हुनेछ ।
जसका लागि एमालेका ५, माओवादीका ३ र कांग्रेसबाट ४ जना गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसैविच आज बेलुकीबाट शुरु भएको मतगणना अन्तिम परिणाम भोली विहानसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
६ प्रदेशबाट राष्ट्रियसभामा ८ जना राष्ट्रिय सभा सदस्यका लागि १२ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका छन् । विहान १० वजेबाट सुरु भएको मतदान दिउसो ३ वजे सम्पन भएको छ ।
मतदान गर्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु लाइनबद्ध भएर मतदान गरेका थिए । संघिय संरचनाको कार्यान्वयनको अन्तिमरुप राष्ट्रियसभा निर्वाचनपछि पुरा हुने र प्रदेशलाई संमृद्ध बनाउने मतदाताहरुले अपक्षा गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा ४० जना प्रदेश सासद र १ सय ५८ जना प्रमुख उपप्रमुख गरि १९८ जना मतदाताले मतदान गर्ने भएको छन् । मतदान स्थालनमा सुरक्षा व्यवस्था कडा परिएको थियो । दुई वटा मतदान केन्द्रमा प्रति केन्द्र ९ जनाका दरले कर्मचारी खटाइएको थियो ।















