Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

प्रदेश ६ मा एमाले संसदीय दलको नेतामा कँडेल

र्खेत — एमाले प्रदेश ६ संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । वीरेन्द्रनगरमा बिहीबार बसेको दलको बैठकले कँडेललाई सर्वसम्मत चयन गरेको हो । कँडेल सुर्खेत २ (क) बाट निर्वाचित सांसद हुन् ।

 

पोलिट्ब्युरो सदस्य एवं सल्यान (ख) का प्रदेशसभा सदस्य प्रकाश ज्वालाले कँडेललाई दलको नेतामा प्रस्ताव गरेका थिए । ज्वालाको प्रस्तावलाई संसदीय दलले सर्वसम्मत अनुमोदन गरेको सांसद दल रावलले जानकारी दिए ।  पूर्वमन्त्रीसमेत रहेका कँडेल मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभा झरेका थिए । तर, वाम गठबन्धनका शीर्ष नेताहरुबीच प्रदेश ६ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएसँगै उनी मुख्यमन्त्रीको दौडबाट बाहिरिन पुगे । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पदमलाल रोकायाले गरेका थिए ।