Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रदेश महोत्सव कब्जा गर्दै बद्री पंगेनी र हेमन्त शर्मा

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा गत माघ ६ गतेदेखि संचालित महोत्सवमा भोलि चर्चित कलाकारहरु बद्री पंगेनी र हेमन्त शर्मा एकै साथ आउँदै छन् । निकै लोकप्रिय रहेका यी दुबै कलाकारले भोलि सुर्खेतमा संचालित प्रदेश महोत्सवलाई कब्जा नै गर्ने छन् । सांस्कृतिक कार्यक्रम प्रस्तुतीमा निकै खारिएका यी चर्चित कलाकारहरु आउने दिन (भोलि शुक्रबार) दर्शकको सुविधालाई ध्यानमा राखी टिकट काट्ने काउण्टर समेत बढाउने बताएको छ । एक पछि अर्को गर्दै महोत्सवमा रौनकता थपिँदै गएका छन् । राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुतीले महोत्सवमा रौनक थप्दै गएको हो ।


महोत्सवको सातौ दिनमा चर्चित हास्यकलाकार काउली बुढी (सन्ध्या बुढा) को प्रस्तुतीले निकै दर्शकहरु निकै प्रभावित थिए । रिता के.सी., रिता कंडेल, राजन गुरूड़, अर्जुन सुनाम, अञ्जली अधिकारी, देवेन्द्र बस्नेत लगायतका राष्ट्रिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरि भोलि शुक्रबार चर्चित राष्ट्रिय कलाकारहरु बद्री पंगेनी र हेमन्त शर्माका साथमा टिका तारामी मगर, अरबिन्द्र भट्टराई, रोशन सिंह, सन्ध्या बुढा, चिरञ्जीबि सापकोटा लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवको सातौंदिनसम्म ९५ हजार बढि दर्शकहरुले महोत्सवको अवलोकन गरिसकेका छन् भने भोलि शुक्रबार बद्री पंगेनी र हेमन्त शर्मा एकै साथ आउने भएकाले महोत्सव स्थल दर्शकले भरिने अनुमान आयोजकको छ । यसैगरि करिब साढे ५ करोड बराबरको कारोबार भएको प्रचार प्रसार संयोजक पूर्णदेव अधिकारीले बताएका छन् ।

यस अघि गायिका जानकी तारामी मगर, नारायण रायमाझी, शिव हमाल, रश्मी तामाङ, रेश्मा पुन, गायक यश कुमार, गायिका शशी रावल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायिका रेश्मा पुन र मोडल निरूता शाही, मोडल हिमानी ढुङ्गाना, मोडल आरोषि मगर, गायिका शोभा त्रिपाठी, चर्चित गायक प्रमोद खरेल, गायिका पुर्णकला बि.सी, प्रकाश सपुत र चन्द्र मन्दिर, सुकदेव अधिकारी लगायतका कलाकारहरुले प्रस्तुती दिइसकेका छन् ।