पुष्पा घर्ती निर्विरोध उपसभामुख
सुर्खेत–
प्रदेश नम्बर ६ को प्रदेश उपसभामुखमा पुष्पा घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेशसभा सदस्य धर्मराज रेग्मीको प्रस्वात र एमाले सांसद मीनासिंह रखालको समर्थनमा उहाँ निर्विरोध उपसभामुख पदमा निर्वाचित हुुनु भएको हो ।
प्रदेश संसद सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काका अनुसार उपसभामुख पदका लागि घर्तीको एकल उम्मेदवारी परेको थियो ।
एमालेबाट सभामुख भएपछि माओवादी केन्द्रले उपसभामुखको उम्मेदवार बनाएको थियो ।






