६ नं. प्रदेशको नाम कर्णाली : स्थायी राजधानी सुर्खेत
सुर्खेत
प्रदेश नं. ६ को प्रदेश सभाको बेठकले सर्वसम्मतले ६ नं. प्रदेशको राजधानी सुर्खेत बनाएको छ भने यस प्रदेशको नाम कर्णाली प्रदेश राखेको छ । प्रदेश सभाको आज (शनिबार) १२ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ३९ सांसदमध्ये ३७ जनाले प्रस्तावको पक्षमा मत हालेका थिए भने एक सांसद बैठकमा अनुपस्थित थिए ।
सभामुखले भोट हालेनन् ।
सांसद कँडेलको प्रस्स्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ, माओवादी केन्द्रका सांसद वीरबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाही लगायतले समर्थन जनाएका थिए ।
यस अघि यही फागुन ९ गते बस्ने भनिएको बैठक सांसद अनुपस्थितिका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।






