Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

क्रिकेटमा सुर्खेतले विजयी शुरुवात ग¥यो

शनिबारदेखि सुरु कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेतले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सुर्खेतले सल्यानलाई ९ विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । टस जितेको सुर्खेतले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सल्यानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २५ रन बनायो । सल्यानका लागि राज थापाले ४४ र दिवान पुनले २८ रन बनाए । अन्य ब्याटसम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङतर्फ सुर्खेतका विशाल भट्टराई, रविन्द्रजंग शाही, टेक सलामी र निश्चल रावलले १–१ विकेट लिन सफल भए ।

एक सय २६ रनको लक्ष्य सुर्खेतले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । सुर्खेतका लागि रविन्द्रजंग शाहीले ३४ बल खेल्दै ५० रन बनाए भने निश्चल रावलले ३३ बलमा ४० रन बनाए । उनीहरु दुवै जना नटआउट रहे । सल्यानका लागि दिवान पुनले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच निश्चल बस्नेत भए । प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघले जनाएको छ । पहिलो खेलमा दैलेख र रुकुम तथा दोस्रो खेलमा जुम्ला र जाजरकोटबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक आयोजित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको छ ।