Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

श्रुर्ति खड्का बनिन् मिस सुर्खेत

सुर्खेत, फागुन २० ।

सुर्खेत वीरेन्द्रनगरकी श्रुर्ति खड्काले मिस सुर्खेत २०१८ ‘सिजन २’ को ताज पहिरिएकी छिन । महिलाहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र महिलाहरुको व्यक्तित्व विकासमा टेवा पुयाउने उदेश्यले आयोजना गरिएको मिस सुर्खेत नेपाल २०१८ ‘सिजन २’ को उपाधि खड्काले जितेकी हुन् ।

Image may contain: 13 people, people smiling, people standing

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तिम ८ प्रतियोगीलाई उछिन्दै खड्काले मिस सुर्खेतको उपाधि हात पारेकी हुन् । वीरेन्द्रनगरमा भएको अन्तिम प्रतियोगीतामा फस्ट रनर अफ तिलस्मा गौतम र आईसा गुरुङले सेकेन्ड रनरअप मिस सुर्खेत नेपालको २०१८ ‘सिजन २’ को उपाधि हात पारिन् । मिस सुर्खेतको अन्तिम प्रतियोगीतामा प्रमुख निर्णायकको भूमिकामा गरिमा राणा, सिमा चन्द, अर्नुन नर्सिङ केसी र आर्सि अर्याल थिए ।

मिस सुर्खेत प्रतियोेगीताको अन्य ८ प्रतिस्पर्धीहरुलाई विभिन्न विधाबाट सम्मान गरिएको छ । उपाधि विजेताले नगद पँचास हजार रुपैयाँको साथमा आन्तरिक तथा वाह्य टुरको प्याकेज, फोटो सुटको व्यवस्था गरिएको आयोजकले बताएको छ । कार्यक्रम्मा पहिलो पटक २०१७ मा भएको मिस सुर्खेत २०१७ की विजेता रन्जिता केसी , फस्ट रनरअफ एकता देवकोटा, सेकेण्ड रनरअफ मन्जुश्री लम्सालले विजेतालाई ताज पहिराएका थिए ।

खड्का ८ प्रतिस्पर्धीलाई उछिन्दै दा्स्रो संस्करणकी विजेता बनेकी उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् । ‘यसले आफूलाई अझ बढी जिम्मेवारी बनाएको छ । जीवनलाई समाजका लागि रचनात्मक कार्यमा बिताउने संकल्प गर्छु,’ उनले भनिन् । उक्त प्रतियोगितामा सुर्खेतका १५ जना युवतीले भाग लिएका थिए ।