Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

शैक्षिक सामग्री वितरण

सुर्खेत

नेपाल बाल संगठनद्धारा वीरेन्द्रनगर ६ मा सञ्चालित बाल मन्दिर प्राविमा पढ्ने विद्यार्थीहरुलाई सोमबार कापी र पेन्सिल वितरण गरिएको छ । बजाज कम्पनीको अभियान मेरो गाउँ मेरो बजाज अभियान अन्तर्गत विद्यालयमा अध्ययन गर्ने १ सय ५ जना विद्यार्थीहरुलाई एक एक दर्जन कापी र पेन्सिल वितरण गरिएको हो ।


बजाज कम्पनीका मोटरसाइकल तथा पाटर््सहरुको अधिकृत विक्रेता असिम अटो पार्टसले नेपाल बाल संगठन सुर्खेतको आग्रहमा बाल मन्दिरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्र सहयोग गरेको हो । असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कंडेलले व्यापार व्यवसायसंगै सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै बजाजले मेरो गाउँ मेरो बजाज अभियान शुरु गरेको जानकारी दिनुभयो ।

यसअघि बाबियाचौर र लाटीकोइलीमा रहेका विभिन्न ३ वटा विद्यालयमा यसैगरी शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै उहाँले जिल्लाका अन्य विद्यालयहरुमा पनि अभियान जारी रहे उल्लेख गर्नुभयो । सुर्खेत उद्योग वाणिज्य संघका सदस्य समेत रहेका कंडेलले बालमन्दिरलाई पहिलेझैं उत्कृष्ट बनाउनका लागि आगामी दिनमापनि आपूmले आवश्यक्ताअनुसारको सहयोग गर्ने प्रतिवद्धतापनि जनाउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र जी.सीले आर्थिक रुपले कमजोर तथा विपन्न वर्गका विद्यार्थी पढ्ने विद्यालय आफैपनि आर्थिक अभावबाट गुज्रिरहेको गुनासो गर्नुभयो ।

विहान पेटभर खानासमेत नखाइ आउने विद्यार्थीहरु दिउँसोपनि खाजाकै लागि घरपुग्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले आगामी शैक्षिक शत्रबाट विद्यालयमै खाजाको वन्दोवस्त मिलाइदिन आग्रह गर्नुभयो । बाल संगठनका सचिव गणेश कार्कीले विभिन्न सामाजिक संघसंस्थाहरुसंग गरिएको आग्रह र समन्वयका कारण यो वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री किन्न नपरेको जानकारी दिनुभयो ।

बाल संगठनको आग्रह तथा समन्वयमा यसअघि लायन्स क्लवलगायतका विभिन्न संघसंस्थाको सहयोगमा विद्यार्थीहरुलाई कापि, कलम, पेन्सिल, झोला र विद्यालय पोषाक वितरण गरिएको उहाँको भनाई छ । देशको उज्जवल भविष्य बोेका विपन्न विद्यार्थीहरुको वर्तमान नै अन्धकार नबनोस् भनेर नै आपूmहरु दाता र सहयोगी संस्थाको खोजीमा रहेको सचिव कार्कीले उल्लेख गर्नुभयो ।