Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

पाकिस्तानी प्रम स्वदेश प्रस्थान

 

काठमाडौँ, २२ फागुन

नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शिष्टाचार भेट गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा उहाँले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्नुभएको थियो ।

रासस