सेमाको सातौं वार्षिकोत्सव
सुर्खेत, २४ फागुन ।
सुर्खेत एजुकेशनल मल्टिपल एकेडेमी (सेमा) ले सातौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका प्रमुख अतिथि प्रदेश सभा सदस्य पदमा खड्काले सामुदायिक विद्यालय र संस्थागत विद्यालयवीचमा कुनै भिन्नता नभएको बताइन । उनले भनिन् शैक्षिक संस्थामा त्यस्तो भिन्नता हुन नहुने भन्दै सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिइएका सेवा सुविधाहरु संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि दिनु पर्दछ । ४५ प्रतिशत आरक्षण छात्रबृत्तिको व्यवस्था गर्नु पर्ने बताइन । कार्यक्रमका विशेष अतिथि वीरेनद्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्मा वडामा बनाएको शिक्षा नीति अनुसार कार्य गरिने बताए । कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष बेदप्रकाश ढकालले संस्थागत विद्यालयको अस्तित्व, पहिचान र सुरक्षाको ग्यारेन्टी हुनु पर्ने बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपाराम रेग्मीको अध्यक्षतामा भएको थियो भने वार्षिक प्रतिवेदन विद्यालयका संचालक दुर्गा शर्माले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि पदमा खड्का, विशेष अतिथि नन्दलाल शर्मा र शिक्षक झरना रानालाई सम्मान गरिएको थियो ।






