Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

स्वास्थ्य संस्थाको सामाजिक परीक्षण

सुर्खेत, २९ फागुन ।
सुर्खेत जिल्लाका स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण यही चैत महिनामा गरिने भएको छ ।  जिल्लाका ५० वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिने भएको हो । जिल्ला जन स्वास्थ्य कार्यालयको सहयोगमा सहजीकरणको जिम्मा पाएको असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतले चैत १ गते बाट सामाजिक परीक्षण सुरु हुने जनाएको छ । असल शासन क्लबले सामाजिक परीक्षणका लागि एक स्थानीय तहमा एक जना सुपरभाइजरको नेतृत्वमा टोली खटाएको छ ।

चौकुनेमा मिना वयक, पञ्चपुरीमा भूवन तिवारी, बराहतालमा बिन्दुलाल रेग्मी, वीरेन्द्रनगरमा शान्त भूषाल, चिंगाडमा प्रेम रिजाल, भेरीगंगामा युवराज पंगाली, लेकवेशीमा अशोक राजी,गुर्भाकोट नगरपालिकामा रेखा खत्री र सिम्ता गाउँपालिकाको सुपरभाइजर घनश्याम के.सी.रहेका छन् । जिल्लामा रहेका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र र ४७ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरिनेछ ।