Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

प्रदेश आइडलमा उत्कृष्ट दश छानिदै

सुर्खेत ।

सिङ्गारो म्युजिक प्रा.लि.को आयोजनामा वीरेन्द्रनगरमा भइरहेको प्रदेश आइडल कार्यक्रम अन्तर्गत १३ प्रर्तिस्पर्धी उत्कृष्ट १० का लागी मञ्चमा उभिने भएका छन् । पहिलेको अडिसनबाट छानिएका १३ मध्ये आज (शनिबार) ट्रयाक राउन्ड मार्फत १० प्रतिस्पर्धी छनौट हुने भएका छन् । निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १३ प्रतिस्पर्धी छानिएका हुन् । भ्याली भ्यु कटेज वीरेन्द्रनगरमा आयोजना हुने भनिएको कार्यक्रममा छानिएका १३ प्रतिस्प्रर्धीहरुका लागि एसएमएस भोटिङ्ग फागुन २७ देखि खुला गरिएको थियो । एसएमएस भोटिङ्ग र निर्णायक बाट उत्कृष्ट १० प्रतिस्पर्धी छानिने भएका हुन् ।

शनिबार सावित्री अधिकारी, महेन्द्र बि.क., बिराज थापा मगर, हिक्मत शाही, अर्जुन पुन मगर, रवी ओड, सागर हमाल, शंकर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार, आशिष बुढा, बिपना चन्द र खगिसरा शाही ट्रयाक राउन्ड मार्फत प्रतिस्पर्धा गर्दैछन् ।

कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागर गर्नका लागि आइडलको आयोजना गरेको आयोजकले जनाएको छ । प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र सान्त्वना हुनेलाई रु. पचास हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । कार्यक्रमको प्रसारण स्थानीय समावेशी टेलिभिजन र श्रीनाथ अनलाईन टेलिभिजनमा पनि हेर्न सकिने आयोजकले बताएको छ । प्रदेश आइडल कार्यक्रममा शनिबार वरिष्ठ कलाकार प्रेमदेव गिरीको प्रमुख उपस्थिती रहने आयोजकले जनाएको छ ।