Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगर सभा शुरु

सुर्खेत, ७ चैत्र ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगरसभा शुरु भएको छ बुधबार वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगर सभा शुरु भएको हो ।

दौरा सुरुवाल र टोपीमा वीरेन्द्रनगर नगरपालिकाका वडा सदस्य तथा अध्यक्षहरु सजिएर जिल्ला समन्वय समितिको हल अगाडी पुगेँ । वडाका महिला प्रतिनिधी साडीमा सजिएका थिए । जिल्ला समन्यवय समितिको हलको मुलद्वारमै प्रदेशसभामा खटिने मर्यादापालक झै नगर रक्षक खटिएका थिए । नगर रक्षकहरु सभामा आएका जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहलाई स्थान देखाउनैमा व्यस्त रहेका थिए । हलको मुलद्वार बाहिर उपस्थित व्यक्तिहरुको नाम र दस्तखत लिइदै थियो । तत्पश्चात सबैलाई परिचयपत्र समेत त्यहीबाटै दिइयो । हलमा प्रवेश गरेलगत्तै नगर रक्षक लेखिएको ज्याकेट लगाएका व्यक्तिले सबैलाई तोकिएको स्थानमा आसन गराइरहेका थिए । हल प्रवेशमा क्रममा भने सुरक्षा जाँच गरिएको थिएन । पत्रकारलाई निश्चित स्थान भन्दा अगाडी आएर फोटो खिच्न मनाही गरिएको थियो ।

सभामा प्रमुखको दायाँ स्थानमा सचिव र बायाँ भागमा उपप्रमुखको स्थान बनाइएको थियो । स्थानीय जनप्रतिनिधिहरु लगत्तै पत्रकार र त्यस लगत्तै विभिन्न अथितिहरुको स्थान स्पष्ट देखिन्थ्यो । प्रस्ताव पेश तथा अन्य गतिविधिहरु सभामा प्रदेशसभाकै क्रमानुसार थिए । सभा पश्चात हल बाहिर चिया पिउँदै गरेका स्थानीय जनप्रतिनिधिलाई देख्दा प्रदेश सभाको वैठकको झै देखिन्थ्यो । सभा वाहिर जनप्रतिनिधिहरुको कुराकानी, पत्रकारको क्यामेरामा आँखा लगाउँने क्रम तथा चियाको गिलासमा मिठा हाँसोहरुले प्रदेश सभाको स्पष्ट झझल्को दिइरहेका थिए । आखिर संघियता पश्चातको स्थानीय सरकारको दोस्रो नगर सभा सञ्चालन भईरहेको थियो ।

१० महिनादेखी कानून अभावले चाहे अनुरुपको काम गर्न नसकिएको बताउँदै आएका स्थानीय निकायहरुले कानून निर्माण गरेर कार्य सञ्चालन र अवरुद्ध विकासको गतिलाई अघि बढाउन कानून निर्माण आवश्यक रहेकोले बताउँदै आइएको थियो । विद्येयक माथि व्यापक छलफल गरी पारित गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । कर्णाली प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले झण्डै डेढ महिना लगाएर विभिन्न विधेयकहरु प्रस्ताव गरिएको थियो ।

बैठकमा शैक्षिक विद्येयक, सहकारी विद्येयक, कृषि व्यवसायी प्रवद्र्धन विद्येयक, न्यायीक समिति (कार्यविधि सम्बन्धी) र प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धी विद्येयक २०७४ प्रस्ताव पेश भएका छन् । वीरेन्द्रनगर नगरपालिकालाई शैक्षिक, कृषिलाई व्यवसायिकता बनाई जनताको जीवनस्तरलाई माथि उठाउनका लागि कानून बनाउन लागि उप प्रमुख मोहनमाया ढकाले बताएकी छिन् । बैंठकमा नगरसभा सदस्य टोपबहादुर रास्कोटीले निर्वाचनमा जनताका सामु गरिएका बाचहरुलाई पुरा गर्नका कानून बनेपछि सजिलो हुने बताए । यही विद्येयकहरु पास भएपछि काम गर्न सजिलो हुने उनको धारण थियो ।

बैठकमा नगरसभा सदस्य रामकुमारी थापाले सबै हकहितको लागि व्यापक छलफल गरेर विद्येयक पारित गर्नु पर्ने बताइन । बुधबार नगरपालिकाको दोस्रो नगरसभामा विधेयक पेश गरे संगै एक दिनका लागि बैठक स्थगन भएको छ । प्रस्तुत कानून र कार्यविधि सम्वन्धी वडा अध्यक्ष लगायत विधायकहरुलाई अध्ययनका लागि एक दिन समय दिएको हो । प्रस्ताव गरिएको विधेयक आवश्यक संशोधन र छलफलपछि आगामी शुक्रबार बस्ने बैठकले पारित गर्ने कार्यक्रम रहेको छ । सभामा नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यसहित ८२ जना निर्वाचित जनप्रतिनिधि छन् ।