Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

मणिकुमार रिमाल – गजल

सर्वस्व मागेकी छाै, नाई भन्न मन छैन।

गरीब छु सुदामाकाे, भाइ भन्न मन छैन।।

 

गाेबर देखे छि-छि थु-थु, जति गरे पनि।

पाल्न छाेड्छु भैंसी, गाई भन्न मन छैन।।

 

घरमै छन् दिदी बहिनी, अामा पुजे हुन्छ।

मन्दिरमा मात्र बस्छिन्, माई भन्न मन छैन।।

 

बर्षाैं भईसक्याे हामी, प्यारमा बाँधिएका।

सँगै छाैं पूरा दिनरात, बाई भन्न मन छैन।।

 

सभा र सम्मेलनमा, देखाउँनु छ शिक्षित।

‘रिमाल’ ले लगाउँनु छ, टाई भन्न मन छैन।।