Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

‘स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार’ दाहाललाई

पाँचथर, १० चैत

नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको “स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०७५’ नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको आज बसेको बैठकले पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखाले जनाएको छ । सम्मान तथा पुरस्कारको राशि रु २२ हजार २२२ रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपाल सम्मानित भइसक्नुभएको छ ।

यसैगरी, रु पाँच हजार ५५५ राशिको “स्व हरिचरण—भद्रमाया वातावरण पत्रकारिता पुरस्कार—२०७५’ स्थानीय पत्रकार राधा लुईंटेललाई प्रदान गरिने महासंघले निर्णय गरेको छ ।

सम्मान र दुवै पुरस्कार आगामी २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा वितरण गरिनेछ । साथै, सोही अवसरमा महासंघको शाखा भवनको शिलान्याससमेत गर्ने कार्यसमिति बैठकले निर्णय गरेको छ ।

(रासस)