Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

पौडि खेल्ने क्रममा पानीमा डुबेर मृत्यु

सुर्खेत १० चैत्र ।
जिल्ला सुर्खेत लेकबेशी न.पा. १० झुप्रा खोलामा पौडी खेल्ने क्रममा बि.न.पा. ११ बस्ने बर्ष १७ को सागर कंडेलको पानीमा डुबेर मृत्यु भएको छ । उनी पानीमा डुबेको खबर पाएपछि प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान कार्य पूरा गरेको थियो । अहिले शव पोष्टमार्टमको लागि क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।