Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

नक्कली परीक्षार्थी पक्राउ

चैत्र १० सुर्खेत ।
आज चैत्र १० गते भएको नेपाली सेनाको सैन्य पदको लोक सेवा आयोगको परीक्षामा अरुको नाममा परीक्षा दिने लागेको अवस्थामा नक्कली परीक्षार्थी फेलापारी आवश्यक अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा लिएको छ । नक्कली परीक्षार्थीको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Image result for examination

जिल्ला बर्दियाको मधुवन न.पा.९ बस्ने बर्ष २३ को कुम्भ राज डाँगी निज तिर्थ बहादुर रानाको नाममा परीक्षामा सहभागी भएको, जिल्ला जाजरकोट छेडागाउ न.पा. ६ बस्ने बर्ष २४ को बिरेन्द्र शर्माले जिल्ला दैलेख भगवतीमाई गा.पा. ३ बस्ने साथी प्रेम बहादुर खडकाको नामबाट परीक्षामा सहभागी भएको, जिल्ला सुर्खेत बि.न.पा. १० खजुरा बस्ने बर्ष १८ को दिनेश रावत ले जिल्ला सल्यान भिम बस्नेतको नाममा परीक्षामा सहभागी भएको, जिल्ला दैलेख भगवतीमाई गा.पा. ७ बस्ने बर्ष १८ को अमृता बुढा आफनै फुफुको छोरी दिदि नाता पर्ने कमला थापाको नाममा परीक्षामा सहभागी भएको प्रहरीले जनाएको छ ।