Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

ईटा निकाल्ने क्रममा मजदुरको ज्यान गयो

सुर्खेत १२ चैत्र ।
ईट्टा भट्टामा कार्यरत मजदुरको ईट्टा निकाल्ने क्रममा ज्यान गएको छ । उनको ईटा निकाल्दै गर्दा च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आज (चैत्र १२ गते) विहान करिब ७ः५० को समयमा वीरेन्द्रनगर नगरपालिका ९ स्थित सूर्य ईटा भट्टा उद्योग भित्र लगाइएको ईटा निकाल्ने क्रममा ईटाको हिलो दिवाल भत्कन गई भारत उत्तर प्रदेशको बहराइज जिल्ला मटेरा कगर गाउँ बस्ने ४२ वर्षका सुकईलाल तेली साहको घटनास्थलमा नै ज्यान गएको हो ।

मृतक साहका २१ वर्षीया छोरा बल्लु साह तेलीको सामान्य घाइते भएका छन् भने सोही ठेगाना भएका ३० वर्षीया मोहमद आयमद खुट्टामा चोट लागेको छ । घाइतेहरुलाई उपचारका लागि क्षेत्रीय असपताल सुर्खेतमा पठाइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।