कश्यप गोत्रीय अधिकारीको अध्यक्षमा बालाराम
सुर्खेत
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सुर्खेत जिल्ला अधिवेशनले बालाराम अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा हेमराज अधिकारी सचिवमा तिलकराम अधिकारी सहसचिवमा पदम अधिकारी र कोषाध्यक्ष टीका अधिकारी चयन भएका छन् ।

यसैगरी समितिको सदस्यमा रुपेश अधिकारी, गुरुप्रसाद अधिकारी, धनीराम अधिकारी, अग्नीप्रसाद अधिकारी, भीमप्रसाद अधिकारी र तुलाराम अधिकारी चयन भएका छन् । यसैगरी केन्द्रिय प्रतिनिधिमा खगेन्द्र अधिकारी र सुशीलराज शर्मा चयन भएका छन् । जिल्ला अधिवेशन संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानीयतहमा जननिर्वाचित कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनु हुनेहरुमा पदम बहादुर अधिकारी छेडागाढ नगरपालिका वडा नं. १२ जाजरकोट, लेकबेशी नगरपालिका वडा नंं का सदस्य हरिप्रसाद अधिकारी र भेरीगंगा नगरपालिका वडा नं. ४ का सदस्य महावीर अधिकारी रहेका थिए । कार्यक्रममा लालबहादुर खत्री (अधिकारी) हरिप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनमा जाजरकोट, जुम्ला, कालिकोट, दैलेख लगायतका जिल्लाबाट प्रतिनिधित्व भएको नव निर्वाचित अध्यक्ष बालाराम अधिकारीले जानकारी दिए ।






